News & Events »

३ नंं प्रदेशका जनप्रतिनिधिज्यूहरुको स्वागत सम्मान कार्यक्रम । (२०७४ फागुन १८)

 

                ३ नं प्रदेशका माननीय मुख्यमन्त्री, प्रतिनिधिसभा सदस्य,राष्ट्रियसभा सदस्य, प्रदेशसभा सभामुख, प्रदेशसभा मन्त्रीज्यूलगायत जनप्रतिनिधिज्यूहरुको स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा मा. मुख्यमन्त्री डोरमणी पौडेल, मा. प्रतिनिधिसभा सदस्य विरोध खतिवडा,कृष्णप्रसाद दहाल, मा.राष्ट्रियसभा सदस्य रामचन्द्र राई,रामनारायण विडारी, मा. सभाभुख सानुकुमार श्रेष्ठ, मा. मन्त्रीहरु शालिकराम जमरकट्टेल, केशव स्थापित, अरुण नेपाल, दाबा दोर्जे लामा, कैलाश ढुंगेल, युवराज दुलाल, मा. उपसभामुख राधिका तामाङ, मा. ईन्द्रबहादुर वानिया, मा. प्रदेशसभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी “छिन्तु”, मुनु सिग्देल, जुनेली श्रेष्ठ, ओम घलान, सन्त वहादुर चेपाङज्यूको उपस्थिति रहेको थियो । स्वागत सम्मान कार्यक्रममा मुख्यमन्त्री माननीय डोरमणि पौडेलज्यूले कानून संशोधन आजको आवश्यक रहेको बताउनुहु“दै कानून बनेपछि जनतालाई महसुस हुने गरी सेवा प्रदान गर्न सकिने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघले संयुक्त रुपमा गरेको स्वागत सम्मान कार्यक्रममा प्रदेशसभा सदस्य कुमारी मोक्तान, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निर्माण व्यवसायी संघका तात्कालिन वरिष्ठ उपाध्यक्ष बालकुमार मल्लसहितले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सभाध्यक्षता गर्नुभएका मउवासंघका अध्यक्ष कटुवालले आप्mनो मन्तव्यमा व्यवसायीहरुको समस्या र चुनौतीतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रममा संघका सल्लाहकारज्यूहरु,नारायणी यातायात व्य.संघ तथा निर्माण व्य.संघका पदाधिकारी तथा मउवासंघका पदाधिकारीहरुको साथै संचारकर्मीज्यूहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सबै माननीयज्यूहरुलाई आकर्षक पेन होल्डर तथा कालो टोपी संघको तर्फवाट संयुक्त रुपमा प्रदान गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback