News & Events »

३ नं. प्रदेशको राजधानी कायम गर्न सर्वपक्षीय छलफल (२०७४ माघ ३)

 

                संघले ३ नं. प्रदेशको राजधानी हेटौंडा कायम गर्न सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्युको अध्यक्षतामा बसेको छलफलपश्चात भौगोलिक, सामाजिक, आर्थिक तथा पूर्वाधारसमेतलाई ख्याल गरिनुपर्ने भएकाले हेटौंडालाई प्रादेशिक राजधानी कायम गर्नुपर्नेमा सबैको निचोड रहेको थियो । छलफलले हेटौंडालाई प्रादेशिक राजधानी तोक्न नेपाल सरकार समक्ष जोडदार माग गर्ने समेत निर्णय गरेको थियो । छलफलपश्चात सामूहिक प्रेस विज्ञप्ति पनि जारी गरिएको थियो । छलफलमा नेपाली का“ग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोईराज, नेकपा एमाले मकवानपुरका सचिव एकालल श्रेष्ठ, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, उद्योग संघ मकवानपुरका उपाध्यक्ष स्वागतराज प्याकुरेल, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहालज्यू, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूलगायतको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback