News & Events »

हेल्प डेस्क टोली थाहानगरमा (२०७८ जेष्ठ १६)

COVID Help Desk11
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरको टोली आइतबार थाहा नगरपालिका पुगेको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको नेतृत्वमा, हेल्प डेस्कका सदस्यहरु सरोज खनाल र ज्ञानेन्द्र कार्की थाहानगर पुगेका हुन् । कोभिड १९ को चपेटामा थाहानगर पनि अत्यन्त प्रभावित रहेकोले सहयोग सामग्रीसहित टोली गएको हो । अक्सिजन कन्सन्ट्रेटर एक थान, मेडिकल माक्स १००० थान र सेनिटाइजर १० लिटर थाहानगरका प्रमुख लवशेर विष्टलाई आइतबार हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा थाहानगरका उपप्रमुख खड्ग गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायतको उपस्थिति रहेको थियो । साथै टोलीले थाहानगरका पुराना व्यवसायी तथा कोभिड संक्रमित गंगाविष्णु ढकाललाई भेट गरी च्यावनप्रास र मास्क वितरण गरेको थियो ।

हेल्प डेस्क टिमले हेटौंडा–९ को संक्रमितहरुको घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरका उपप्रमुख मिना लामाको उपस्थिति रहेको थियो । घरदैलो कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य कुमार पौडेल, मउवासंघका सदस्य नरेन्द्र भण्डारी, सिनियर अहेब प्रविन पुडासैनी, अनमी दिव्या बस्नेत, हेटौंडा ९ नं. वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि, प्रहरी हवल्दार टोप बहादुर कुमाललगायतको सहभागिता रहेको थियो । टोलीले कोभिडको कारण ज्यान गुमाएका तीन जनाको परिवारसंग भेटघाट गरी समवेदना प्रकट गरेको थियो ।
शनिबार राती र आइतबार गरी चार सिलिण्डर अक्सिजन हेल्प डेस्कबाट वितरण गरिएको छ । हेटौंडा–६, रंगशालाका एकजना, हेटौंडा–१४, नया बस्तीका एकजना र हेटौंडा–१०, कर्राका एकजना गरी तीन जना बिरामीहरुलाई चार सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको हो ।

हेल्प डेस्क टिमलाई क्रिकेट संघको सहयोग
हेल्प डेस्क मकवानपुरको अभियानलाई क्रिकेट संघ मकवानपुरले सहयोग गरेको छ । क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ र टिमले कोभिड हेल्प डेस्कको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघमै आई मउवासंघका उपाध्यक्ष गणेश भेटवाललाई रकम रु. तीसहजार हस्तान्तरण गरेको हो । क्रिकेट संघले आफ्नो कार्यसमिति र खेलाडीहरुबाट रकम संकलन गरी सहयोग गरेकोमा हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback