News & Events »

हेटौंडा नगरपालिका कार्यालय र हेटौंडा अस्पताललाई सहयोगः


संघले हेटौडा नगरपालिका कार्यालय र हेटौडा  अस्पताललाई एक÷एक लाख सहयोग प्रदान गरेको छ । संघले आईतवार कार्यक्रम आयोजना गर्दै नगरपालिका र अस्पताललाई एक÷एक लाख रुपैया रकम प्रदान गरेको छ ।
    हेटौडा नगर पालिका एकलैले संचालनमा ल्याएको वारुण यन्त्र संचालन कोषका लागि संघले एक लाख सहयोग गरेको हो । हेटौडाको क्षेत्रफल र जनघनत्वमा वृद्धि भएको भन्दै  अहिले नगरपालिकासगं भएको थप वारुण यन्त्र ल्याउन कोषमा सहयोग स्वरुप संघले एक लाख प्रदान गरेको हो ।
    संविधानसभा सदस्य, माननीय अनन्न पौडेलले नगरपालिकाका निमित्त कार्यकारी अधिकृत वि.के महर्जनलाई एक लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा रोटरी क्लवको सहायतामा संघले वारुणयन्त्रमा काम गर्ने कर्मचारीका लागि सुरक्षा कवज (सेफ्टी जाकेट)  सहयोग गरेको छ । नगरपालिकासगं रहेको वारुणयन्त्र करिव २५ वर्ष पुरानो भएकोले क्षमता कमजोर भएको र अर्को ल्याउन आवश्यक रहेको महर्जनले वताउनुभयो ।
      संघले हेटौडा अस्पतालको स्तर उन्नती गर्ने उदेश्यसहित एक लाख नगद सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभएको थियो । सभासद पौडेलले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजिव कुमार सिंहलाई एक लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । अस्पतालमा संचालनमा ल्याउन लागेको डाइलोसिस सेवा शुरु गर्न सहयोग रकम प्रयोग गर्ने बताउनुभयो । उहा“ले अस्पतालको स्तर  उन्नतीका लागि सवैको सहयोगको आवश्यक रहेको ओल्याउनुभएको थियो ।

    कार्यक्रममा वोल्दै सभासद पौडेलज्यूले जिल्लाको समग्र विकासमा नीजि क्षेत्रको उल्लेख्य सहयोग आवश्यक रहेको बताउनुभयो । नीजी क्षेत्रको सहयोग बिना कुनैपनि क्षेत्रको विकास सम्भव नरहेको सभासदज्यूको भनाई थियो । सभासदज्यूले वारुणयन्त्र थप ल्याउनको लागि साझा कोष बनाएर जानुपर्ने धारणा व्यक्त गर्नुभयो । अस्पतालको स्तरवृद्धि गर्न पनि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
    जिल्लाको एकमात्र सरकारी अस्पताल भएको कारण यसको विकासमा निजी क्षेत्र लाग्नुपर्ने उहा“को भनाई छ । अध्यक्ष भुवनलाल श्रेष्ठको सभाध्यक्षता तथा सभासदज्यूको प्रमुख आतिथ्यमा भएको , कार्यक्रममा रोटरी क्लवका अध्यक्ष गोपाल श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल , उपाध्यक्ष राजकुमार न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback