News & Events »

सेवा कार्य सूचारु (२०७८ जेष्ठ १०)

COVID Help Desk 3

मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्कबाट सोमबार २ थान अक्सिजन सिलिण्डर निःशुल्क वितरण गरिएको छ । हेटौंडा–२ मा एकजना र कान्तिराजपथमा एक गरी जम्मा दुई थान वितरण गरिएको हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले जानकारी गराएका छन् ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सोमबार पनि संक्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै यथोचित सहयोग गर्ने आश्वासनको लागि संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास तथा मेडिकल माक्स वितरण गरिएको थियो । साथै चौकीटोलस्थित प्रहरी चौकीमा २०० थान माक्स सहयोग गरिएको थियो । हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा हेल्प डेस्कका सदस्यहरु सरोज खनाल, भुवनलाल श्रेष्ठ, बासु खतिवडा, शंकरलाल श्रेष्ठ, रामकुमार एलन, सिनियर अहेब प्रविन पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार टोप बहादुर कुमाललगायतको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेले सहजिकरण गरिदिनुभएको थियो । जेष्ठ ११ गतेदेखि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाको उपस्थितिमा नगरका वडाहरुमा घरदैलो कार्यक्रम गर्ने तय गरिएको छ ।
व्यवसायी अनिलभक्त श्रेष्ठले १५ लिटर मट्टितेल कोभिड हेल्प डेस्क मकवानपुरलाई सहयोग गर्नुभएको थियो ।
त्यसैगरी सोमबार ७२ जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने र समस्या परेमा सम्पर्क गर्न आग्रह गरिएको छ । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको हो ।

अस्पतालस्थित हेल्प डेस्कलाई सहयोग
हेटौंडा अस्पताल परिसरमा संचालित हेल्प डेस्कको लागि ५ लिटर सेनिटाइजर, माक्स २५० थान, पिपिई २ सेट, फेस सिल्ड १० थान, मट्टितेल ५ लिटर र सवारी इन्धनको लागि रु. ५,०००।– हस्तान्तरण गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback