News & Events »

सुर्खेत उवासंघ भ्रमण टोलीको स्वागत (2072.02.32)

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीज्यूको नेतृत्वमा आएका २७ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोलीको सम्मानमा २०७२ जेष्ठ ३२ गते सोमबार संघले स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
भ्रमण टोलीमा सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पदम बहादुर साहि, वरिष्ठ उपाध्यक्ष प्रकास उप्रेती, वाणिज्य उपाध्यक्ष धनबहादुर राउत, उद्योग उपाध्यक्ष वाशुदेव शर्मा, महासचिव गोपालकृष्ण गिरी, कार्यसमिति सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालज्यूको सभापतित्वमा उक्त स्वागत तथा छलफल कार्यक्रम भएको हो । कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्नुहुदै वरिष्ठ उपाध्यक्ष कटुवालज्यूले संघको गतिविधि माथि प्रकाश पार्नुहुदै भ्रमण सदस्यहरुले उठाएका जिज्ञासा उपर जवाफ दिनुभएको थियो । मन्तव्यकै क्रममा यस किसिमको भ्रमणले एकअर्कामा सुपरिचित हुनुका साथै एक अर्काको अनुभव आदनप्रदान हुनेहुनाले बेलाबेलामा भ्रमण आवश्यक रहेको बताउदै सुर्खेत उवासंघको भ्रमण कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीज्यूले मन्तब्य दिनुभएको थियो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीज्यूले भ्रमणको उद्देश्य बारे बताएका थिए ।
संघका उपाध्यक्ष विष्णु खनाल, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, कार्यसमिति सदस्य माधव न्यौपाने, रवि कंडेल, रेणु ज्ञवाली, सन्तोष अर्याल, उज्जवल चौंलागाई, महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डे, विशेष आमन्त्रित सदस्य रामहरी बन्जारा र महिला उद्यमी सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback