News & Events »

सुरुङमार्गको लगानी सम्बन्धी छलफल


कठ्माण्डौ−कुलेखानी−हेटौडा सुरुङ मार्गकालागि लगानी जुटिरहेको निर्माण कम्पनीले जनाएको छ । सुरुङ मार्ग निर्माण गर्न लागेको नेपाल पूर्वाधार विकास कंम्पनीले लगानी जुटिरहेको बताएको छ । वर्र्षौदेखि सुरुङ मार्ग निर्माणको परिकल्पना र एजेण्डा बोकेको मकवानपुर उद्योग वाणिज्य सं३मा आयोजना भएको कार्यक्रममा कंम्पनीका अध्यक्ष श्री कुशकुमार जोशीले लगानी जुटेको खुलासा गरेका हुन् । लगानीका लागि विदेश दौडाहापछि हेटौडा आईपुगेका जोशीले लगानी जुटेकाले अव मार्ग निर्माण हुने दावी गरे । उनले अव कुनै पनि हालतमा मार्ग निर्माण गरेर छाड्ने अठोट दोेहो¥याए ।
     नेपालीबाट मात्र निर्माण गर्न सम्भव हुन नसकेकोले अव विदेशी लगानीमा सुरुङ मार्गको निर्माण पूरा गर्ने उनले बताए । मुलुकमै पहिलोपटक विदेशी सरकारले निजी क्षेत्रमा लगानी गर्न लागेको खुलासा गरे । कंम्पनीको योजना देखेर विदेशी सरकारले मार्ग निमाणमा ८० प्रतिशत लगानीको प्रारम्भिक सम्झौता भएको उल्लेख गरे । उनको अनुसार विदेशी सरकारले सुरुङ मार्ग निर्माणका लागि द्दड अर्व रुपैंया ऋण लगानी गर्ने जोशीले जनाए । सुरुङ मार्गमा लगानीकालागि नेपालका लगानीकर्ता,सरकार, र स्थानिकायसगं छलफल गर्न र अध्ययन गर्न लगानी गर्ने टोली आगामी जुन १५ मा नेपाल आउने जानकारी दिए । ३५ अर्व रुपैंयामा निर्माण हुने भनिएको सुरुङ मार्ग २८ अर्व रुपैंया लगानी जुटेपछी ३५ अर्व नेपालमै जुटाउने उनले बताए ।
       उनले मार्गमा असार मसान्तबाट लगानी रोक्ने बताए । उनले भने सुरुङ मार्ग निर्माणका लागि वजेट जुटेको छ । यो हाम्रो ठूलो सफलता हो । अव असारबाट मार्गमा लगानी आव्हान गर्न हामी वन्द गर्छांै । मार्गमा लगानी गर्न असारपछी नपाउने भएकोले अहिले नै सोच्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । मार्ग निर्माणका लागि अहिले कम्पनीको खातामा ३० करोड रुपैंया मात्र जम्मा भएको बताए । जुन लगानीको १० प्रतिशत मात्र हो । उनले २ अर्व सार्वजनिक शेयर निष्काशन र ३ अर्ब काम शुरु गरेको एकवर्षमा उठ्ने जनाए । नेपाली लगानी कुर्दा काम सुरु गर्न ढिला भएको  स्वीकार गर्दै उनले अव जग्गा अधिग्रहणको काम शुरु हुने र जग्गा अधिग्रहणका लागि कम्पनीसंग आवश्यक बजट रहेको बताए । आगामी असार ७ गते अधिग्रहणका लागि काम शुरु गरिने जनाइएको छ । जसका लागि राजनीतिक दल र सभासदसगं छलफल गरिने जनाइएको छ । कहिलेवा६ मार्गको काम सुरु हुन्छ भनेर भन्न नसकेपनि अध्यक्ष जोशीले अव मार्ग निर्माण गर्न कसैले रोक्न नसक्ने उल्लेख गरे ।
सूरुङ मार्गमा जापानको टिविआई र एक चाइनिज कंम्पनीले लगानी गर्ने सम्झौता गरिसकेको उनले जानकारी दिए । ठूला लगानीकर्तालाई कम्पनीको संचालक समितिमा राखिने उनले बताए । नेपाली लगानी वैशाखसम्ममा नजु६े विदेशी लगानी भित्र्याएर भएपनि मार्ग निर्माण गर्ने जोशीले केही समय अ३ि हेटांैडामा बताएका थिए । सोही अनुरुप उनले विदेशी लगानी ल्याएर निर्माण गर्न लागेको जनाए । नेपाल ६ेलिकम र नागरीक लगानी कोष सुरुङ मार्गमा लगानी गर्न तयार रहेकोमा  सरकारले असहयोग गरेको गुनासो गरे । सुरुङ मार्ग निर्माणका लागि सवै क्षेत्रको सहयोग भएमा २४ महिनामा काम पूरा हुने उनले जिकीर गरे । काममा अवरोध नभए तोकिएको समयमा पूरा हुने उल्लेख गदै उनले सवैलाई सहयोग गर्न आग्रह गरेका छन् । मार्ग निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघले संकल्प प्रस्ताव पास गरेको जोशीले बताए । लगानी गर्ने कसैको पनि रकम नडुव्ने र प्रशस्त प्रतिफल पाउने दावी गरे । उनले सुरुङ मार्गका कारण द्रुतमार्ग नवनेको आरोपको खण्डन गरेका छन् । द्रुतमार्गमा रेखाङकन भएको काठमाण्डौदेखि बागमती दोभानसम्मको ३३ किमी सडक दुवैको एकै स्थानबाट भएको उल्लेख गरे ।
    कार्यक्रमा सभापतित्व गर्नुभएका संघका अध्यक्ष भुवनलाल श्रेष्ठले काठ्माण्डौं−कुलेखानी−हेटौंडा सुरु∙मार्गमा मकवानपुरबासीलाई लगानी गर्न आग्रह गरेका छन् । सुरु∙मार्गले जिल्लाको कायापलट हुने भएकोले मकवानपुरबासीले यसलाई प्राथमिकतामा राख्नु पर्ने उनले बताए ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback