News & Events »

सहयोगी मनहरुबाट पल्पसा आइसोलेशन चल्दै (२०७८ आषाढ ८)

COVID Help Desk3.08 (1)

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२, पल्पसा रोडमा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म कुल ४० जना संक्रमित भर्ना हुनुभएको छ । जसमध्ये १७ जना संक्रमित उपचाररत हुनुहुन्छ भने बाकी घर फर्किसक्नु भएको छ ।

कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट मंगलबार २२ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । उहांहरु सबै घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको छ ।
हेल्प डेस्कबाट मंगलबार दुई सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–५ पिप्लेका एकजना र हेटौंडा–९ का एकजना बिरामीलाई उक्त अक्सिजन सहयोग गरिएको हो । हेल्प डेस्कले स्थापनादेखिनै निःशुल्करुपमा अक्सिजन वितरण गर्दै आएको छ ।

कोभिड हेल्प डेस्क मकवानपुरलाई मंगलबार सर्वाजनिक मकवानपुर यातायात प्रालिबाट आर्थिक सहयोग प्राप्त भएको छ । साबिकको टेम्पो तथा मझौला यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी सार्वजनिक मकवानपुर यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीबाट हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई नगद रु. ५५,५५५।– हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा मकवानपुर यातायात प्रालिका संचालक रचना बर्तौला, लक्ष्मण न्यौपाने, राजकुमार थापा, कृतम मानन्धर, कृष्ण न्यौपाने, सल्लाहकार लोकहरि घिमिरे, कार्यालय प्रमुख दिपेन्द्र कुमार चौलागाईको उपस्थिति रहेको थियो भने हेल्प डेस्कका सदस्य सरोज खनाल, खेमराज सापकोटा, मउवासंघका सल्लाहकार आनन्दराम पराजुलीलगायतको उपस्थिति रहेको थियो । हेल्प डेस्कका सदस्य सरोज खनालले संचालन गर्नुभएको रकम हस्तान्तरण कार्यक्रमको सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले धन्यवादसहित समापन मन्तव्य राख्नुभएको थियो ।
कोभिड हेल्प डेस्क मकवानपुरलाई हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले नगद सहयोग गर्नुभएको छ । वडा अध्यक्ष रामकृष्ण कोइरालाले नगद रु. १०,०००।– सहयोग गर्नुभएको हो ।
पल्पसा आइसोलेशन सेन्टरलाई मंगलबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले सहयोग गरेको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई महासंघका अध्यक्ष चक्रधर विडारीबाट ५० कार्टुन पानी हस्तारन्तरण भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्यहरु विष्णुहरि पण्डित, राजेन्द्र लामिछाने, जिल्ला सचिव श्याम मुडवरी, सदस्यहरु जोगेन्द्र केशरी, विष्णु दहाल, दिनेश दहालको उपस्थिति रहेको थियो भने हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु सरोज खनाल, भुवनलाल श्रेष्ठ, ज्ञानेन्द्र कार्की, मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सदस्यहरु माधव ज्ञवाली, निलम पाण्डे, अध्यक्ष सल्लाहकार नरोत्तम दहाललगायतको उपस्थिति रहेको थियो ।
पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने गरेका छन् । मंगलबार संघका कोषाध्यक्ष अनिल अग्रवालको संयोजन रहेको थियो ।

COVID Help Desk3.08 (2)



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback