News & Events »

सहयोगी मनको सहयोग (२०७८ जेष्ठ २३)

COVID Help Desk1 61

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरको व्यवस्थापनमा रहेको पल्पसा आइसोलेशन सेन्टरमा आइतबारसम्म कुल ४ जना कोभिड संक्रमित भर्ना हुनुभएको छ । भर्ना हुन आउनुभएका एकजनालाई भने चेकजाच गरी थप उपचारको लागि अस्पताल रिफर गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरमा चारजना नर्सले २४ घण्टा सेवा दिइरहनु भएको छ भने एक जना डक्टरले दैनिक निरीक्षण गरिरहनु भएको छ । संक्रमितलाई बिहान र बेलुकाको खानाको व्यवस्था कृष्ण प्रणामी समाजले गरिरहेको छ । कृष्ण प्रणामी समाजले आइसोलेशन सेन्टरमा खटिरहेका नर्स तथा व्यवस्थापन टोलीसमेतलाई दैनिक खानाको व्यवस्था गरिरहेको छ ।

पल्पसा आइसोलेशन सेन्टरमा एम्बुलेन्सको पनि सुविधा रहेको छ । कोभिड हेल्प डेस्क मकवानपुरका सदस्य संस्था सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगरद्धारा संचालित एम्बुलेन्स २४ घण्टा सुविधा प्रदान गर्नेगरी पल्पसा परिसरमा राखिएको छ ।
पल्पसा आइसोलेशनको लागि सहयोगी मन नामक संस्थाबाट औषधी सहयोग प्राप्त भएको छ । सहयोगी मनका केदार प्रसाद चौलागाईबाट आइतबार पल्पसा आइसोलेशनमा औषधी हस्तान्तरण गरिएको हो ।
आइतबार २२ जना कोभिड संक्रमितसंग फोनमार्फत सम्पर्क गरिएको छ । कोभिड हेल्प डेक्स मकवानपुरको सचिवालयबाट कोभिड संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने कार्य दैनिक गर्ने गरिएको छ । सबै २२ जना कोभिड संक्रमितहरु घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गरिएको छ ।
आइतबार चार सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । गौरीटार, पदमपोखरी र कर्राका बिरामीलाई गरी चार सिलिण्डर अक्सिजन सहयोग गरिएको हो । त्यसैगरी लालबन्दीका कोभिड संक्रमितको हेटौंडामा मृत्युपश्चात दाहसंस्कार गरिएकोले उहाको परिवारका सदस्यहरुलाई कोभिड हेल्प डेस्क मकवानपुरको गाडीमार्फत लालबन्दी फिर्ता पठाउन सहयोग गरिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघ, चितवनका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले पल्पसा आइसोलेशनको अवलोकन गर्नुभएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback