News & Events »

संघद्धारा राहत संकलनः


    मकवानपुर उद्योग वाणिज्य संघ पश्चििमी क्षेत्र समितिको आयोजना, मनहरी सेवा समाज, सामुदायिक प्रहरी र स्थानीय व्यापारीहरुको सहभागितामा महाभुकम्प पिडितहरुको लागि राहत सामग्री संकलन गरिएको छ । संकलनको क्रममा २७,९५०।– नगद रकम, ६ कार्टुन चाउचाउ, १ क्विन्टल चिउरा,२ थान कमल, ३ वटा त्रिपाल र ७८ थान तयारी पोषाक संकलन भएको छ ।
    राहत संकलन कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपाने,का.स.स तथा  पश्चिमी क्षेत्र सभापति गोविन्द रिजाल महासचिव महेन्द्र राउत, का.स.स तथा महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डे, पश्चिमी क्षेत्र समितिका कार्यसमिति परिवार मनहरी सेवा समाज र स्थानीय व्यापारीहरुलगायतको सहभागिता रहेको थियो । संकलित रकम तथा सामग्रीहरु जिल्ला प्रशासन कार्यालयमा हस्तानतरण गरिने भएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback