News & Events »

संघको टोलीद्वारा कलकत्ताको भ्रमण


मकवानपुर उद्योग बाणिज्य संघको टोलीले मित्रराष्ट्र भारतको प्रख्यात ब्यवसायिक शहर कलकत्ता भ्रमण गरेको छ ।
टोलीले कलकत्तामा भएको २ वटा मेघा औद्योगिक मेलाको अवलोकन गरेको थियो । बंगाल चेम्बर अफ कर्मस एण्ड ईण्डष्ट्रिजको आयोजनामा भएको अन्तराष्ट्रिय मेघा टे«ेड फेयरको निमन्त्रणा स्विकार गर्दै टोलीले सो मेलामा सहभागिता जनाएको हो । नोभेम्बर १८ तारिखदेखि २८ तारिखसम्म कलकत्ताको साईन्स सिटीहलमा भएको मेलामा नेपाललगायतका दोस्रो राष्ट्रका देशहरुको उत्पादन तथा औद्योगिक मेशिनरी उपकरणहरुको प्रदर्शनी गरिएको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष्ँ प्रकाश ढकालको नेतृत्वमा गएको भ्रमण टोलीले कलकत्ताका पर्यटकीय तथा धार्मिक स्थलहरुको पनि अवलोकन गरेको थियो । ७ दिवशीय भ्रमणका क्रममा संघका महासचिव माधव न्यौपाने, कोषाध्यक्ष दिपकशर्मा ढकाल, कासस बिजयकुमार श्रेष्ठलगायत २० जनाको टोली थियो टोली कलकत्ता पुग्दा वल्र्ड ट्रेड फेयर शुरु भइसकेको थियो ।
मेलामा स्टल राख्न पाकिस्तान, बंगलादेश, थाइल्याण्ड नेपाल र भारतका विभिन्न प्रान्तका व्यवसायिहरुको उपस्थिति थियो । मेला अवलोकनका क्रममा कलकत्ताको नेपाली वाणिज्य दुतावासले विशेष सहयोग गरेको थियो । भ्रमण टोलीले विभिन्न किसिमको व्यवसायको बारेमा जानकारी लिएर आएको छ । नया“–नया“ प्रविधिको बारेमा जानकारी प्राप्त भएको बताइएको छ । भ्रमण टोलीले गंगा सागरलगायत विभिन्न पर्यटन क्षेत्रहरुको अवलोकन भ्रमण गरेको टोली संयोजक प्रकाश ढकालले जानकारी दिनुभयो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback