News & Events »

वौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी सचेतना गोष्ठी


मकवानपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय हेटौडा तथा उद्योग विभाग त्रिपुरेश्वरको संयुक्त आयोजनामा वौद्धिक सम्पत्ति सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ ।
    संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभाध्यक्षता तथा उद्योग विभागका महानिर्देशक ध्रुर्वलाल राजवंशीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको  थियो । उक्त कार्यक्रममा संघका अध्यक्षले स्वागत मन्तब्यका साथै वस्तुस्थितिको बारेमा समेत प्रकाश पार्नुभयो । अहिलेको २१ औं शताब्दिमा पैतृक सम्पतीको भन्दा बौद्धिक सम्पतिको महत्व बढि रहेको विचार व्यक्त गर्नुभएको थियो । वौद्धिक सम्पत्ति कुनै व्यक्तिको दिमागको सिर्जना र मानव कल्याणकारी भएकोले उत्पादित औद्योगिक सम्पत्तिका विषयमा समय समयमा जानकारी दिंदा त्यो वस्तुको महत्व थाहा पाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको, उद्योग विभागका महानिर्देशक ध्रुर्वलाल राजवंशीले जानकारी दिनुभयो । उहा“ले वौद्धिक सम्पत्तिको परिचय तथा महत्ववारे जानकारी गराउनुभयो । उद्योग विभागका निर्देशक ऋषिकेश ढुंगेलले नेपालमा औद्योगिक सम्पत्तिको प्रशासन सम्बन्धमा जानकारी दिनुभएको थियो । ट्रेडमार्क, यसको आवश्यकता, फाईदा तथा दर्ता प्रक्रियाको बारेमा जानकारी दिनुहुदै पेटेन्ट र डिजाइनको पनि उत्पादित सामाग्रीमा पृथक देखाउन महत्वपर्ण भूमिका रहेको उहांको भनाई थियो । औद्योगिक सम्पत्तिको विस्तारका क्रममा हुने समस्या एवम् कानूनी प्रावधानको विषयमा अधिकृत दिपक ३िमिरेले जानकारी दिनु भयो ।
    बौद्धिक सम्पत्तिको संरक्षण एवम सजगताले प्रोत्साहनको साथै आर्थिक एवम् सामाजिक विकासमा योगदान पु¥याउने विषयमा जानकारी दिइएको थियो । त्यसवारे जानकारी लिनका लागि गोष्ठीमा उद्योगपति, व्यापारी, एवम उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback