News & Events »

राहत वितरण १०१ जनालाई (२०७७ कात्तिक १)

मकवानपुर उद्योग वाणिज्य संघले कात्तिक १ गतेबाट राहत वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ को कारण प्रभावित विपन्नलाई दशैंको अवसरमा राहत सामग्री वितरण गरिएको हो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता र हेटौंडा उपमहानगरका नगर प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा घटस्थापनाको पुण्य दिनबाट राहत वितरणको शुभारम्भ गरिएको हो । कार्यक्रममा संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, सल्लाहकार एकालाल श्रेष्ठको आतिथ्यता रहेको थियो । 

Food distribution1

नगर प्रमुख महतले राहत वितरण कार्य विपन्नहरुका लागि उपयोगी हुने र आगामी दिनमा संघका कार्यक्रमहरुमा थप सहकार्य गरिने बताउनु भएको छ । उहा“बाट विपन्न मध्येका एकलाई राहत सामग्री प्रदन गरी वितरण कार्यको शुभारम्भ गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष राम प्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सचिवद्वय सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, माधव ज्ञवाली, राजाराम कार्की, नरेन्द्र भण्डारी, सुनिल अधिकारी, अध्यक्ष सल्लाहकारद्वय नरोत्तम दहाल, कृष्ण बहादुर कार्की, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारी, क्यान महासंघ अध्यक्ष पुष्पराज पुडासैनी, पत्रकार श्रीराम अर्जुनलगायतको उपस्थिति रहेको थियो ।

Food distribution2
राहत वितरणको पहिलो दिन १०१ जनालाई राहत सामग्री वितरण गरिएको संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी दिएका छन् ।

Food distribution3



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback