News & Events »

अध्ययन अवलोकन भ्रमणका टोलीसंग छलफल । (२०७४ चैत्र २९)

 

भिक्टोरिया इन्टरनेशनल कलेज दाङका प्रशिक्षक वामदेव भण्डारीको नेतृत्वमा आएको २५ सदस्यीय भ्रमण टोलीबीच संघमा छलफल आयोजना गरिएको छ । संघका का.वा. अध्यक्ष माधव न्यौपानेज्यूको सभापतित्वमा भएको कार्यक्रममा संघको गतिविधि र औद्योगिक अवस्थाको विषयमा न्यौपानेले जानकारी गराउनुभएको थियो । भ्रमण टोलीका प्रशिक्षक बामदेव भण्डारीज्यूले मकवानपुर जिल्लाको औद्योगिक गतिविधि सम्बन्धी जानकारी हासिल गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको बताउनुभएको थियो । संघका महासचिव प्रमोद सिंह रानाभाटज्यूले संचालन गर्नुभएको कार्यक्रमको समापन उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो । छलफलपश्चात भ्रमणटोलीलाई हेटौंडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरुको भ्रमण पनि गराईएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback