News & Events »

महिला उद्यमीद्धारा पूनर्स्थापना केन्द्रलाई सहयोग ( २०७७ आश्विन ५)

Food distributionमकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समिति (मउविस) ले सोमबार अनाथ अपांग बाल पूनर्स्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । हेटौंडा–१४, मयूरधापस्थित केन्द्रमा मउविस सभापति निलम बैद्यको सभापतित्व तथा संघका अध्यक्ष कृष्ण कटुवालको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा बोल्नुहुदै सभापति बैद्यले कोरोनाकालको बिषम परिस्थतिमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । अध्यक्ष कृष्ण कटुवालले हाल कोरोनाको त्रास कायमै रहेपनि १–२ बर्षभित्रै सबै क्षेत्र पूनर्स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाले केन्द्रलाई एकबर्षको वाइफाईको व्यवस्था गरिदिने बताउनुहुंदै केन्द्रको आग्रहानुसार दुईजना बालकहरुको पढाईको व्यवस्था गरिदिने बताउनुभयो । 

Food distribution1

कार्यक्रममा केन्द्रका सञ्चालक रामहरी कोइरालाले बन्दाबन्दीको समयमा केन्द्रलाई समस्या हुने होकि भन्ने डर रहेको भएपनि विभिन्न दाताहरुको सहयोगले टरेको बताउनुभयो । उहाले केन्द्रमा यसअघि १७ जना बालबालिका रहेकोमा हाल १० जना बौद्धिक अपांग र २ जना सबलांग रहेको जानकारी गराउनुभयो । २ जना बालकहरु, सन्तोष माझी र शिखर माझीको पढाईलाई निरन्तरता दिन सहयोगको अपेक्षा रहेको उहाले बताउनु भएकोथियो ।
संघका अध्यक्ष कृष्ण कटुवाल र सभापति निलम बैद्यले सञ्चालक कोइरालालाई आलु १ बोरा, गेडागुडी १० किलो, दाल १० किलो, तेल १ कार्टुन, नुहाउने साबुन २ दर्जन, लुगाधुने साबुन एक कार्टुन, सर्फ १० किलो चना ५ किलो, चिउरा ५ किलो, केश तेल एक दर्जन, टुथपेस्ट एक दर्जन, काइयो २ दर्जन, टुथ ब्रस २ दर्जन, सोयाबिन ५ किलो, नुन ५ पाकेट, चिनी ५ किलो, चाउचाउ १ कार्टुन, मासु ७ किलो, दुध ५ लिटर र औषधीहरु हस्तान्तरण गर्नुभएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले माहामारीका बीच महिला उद्यमीहरुले गर्नुभएको सहयोग महत्वपूर्ण रहेको बताउनु भएको थियो । कार्यक्रममा संघका सदस्यहरु राजाराम कार्की, प्रतिमा श्रेष्ठ, मउविस उपसभापति कमला श्रेष्ठ, मउविस सदस्यहरु निलम देवकोटा, सीता भेटवाल, सुचना श्रेष्ठ, सुनिता श्रेष्ठ, मिनु अग्रवाल, पिताम्बरी पहारी र रिना गौतमको सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback