News & Events »

राजधानी हेटौंडा कायम गर्न कुनै कसर बा“की नराख्ने प्रतिबद्धता । (२०७५ कार्तिक १५–१८)

प्रदेश नं ३ को राजधानी हेटौंडा कायम राख्ने विषयमा संघले बस्तुगत सदस्यहरु, टोल विकास संस्थाहरु, उपभोक्तावादी संस्थाहरु, सहकारी संस्थाहरु, एशोसियट सदस्यहरु, निजी क्षेत्रका संघसंस्थाहरु, शैक्षिक संघसंस्थाहरु, बार एशोसियसनहरु, विभिन्न क्लब, जेसीजहरुलगायत अन्य सम्बन्धित संघसंस्थाहरुसंग छलफल कार्यक्रम आयोजना गरेको छ । राजधानीकालागि पूर्वाधालगायत सबै कुराले उपर्युक्त हेटौंडाबाट राजधानी सार्ने विषय नेताहरुको जु·ाको लडाई मात्र भएको सहभागीहरुले बताउनुभएको छ । अन्य स्थानमा राजधानी सार्दा भौतिक पूर्वाधारकालागि प्रयोग हुने अर्बौ रकम विकास निर्माणमा खर्च गर्न सकिने भएकाले राजधानी सार्न खोजिए सबै क्षेत्रमा आन्दोलन चर्कन सक्ने पनि सहभागीहरुले बताउनुभएको छ । राजधानी कायम राख्न सम्पूर्ण मकवानपुरवासी एक ढिक्का भई लाग्ने प्रतिबद्धता पनि सहभागीहरुले जनाउनुभएको छ ।

                संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा दुईपटक र बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूको अध्यक्षतामा एकपटक गरी ३ पटक छलफल कार्यक्रमको आयोजना गरिएको थियो । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले राजधानी सार्ने विषयमा सचेत गराउन छलफल कार्यक्रमको आयोजना गरिएकोले सबैलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरु, निजी क्षेत्रका संघसंस्थाहरु, शैक्षिक संस्थाहरु, विभिन्न सहकारी संघसंस्थाका पदाधिकारी तथा सदस्यहरु, एशोसियट सदस्यहरु, विभिन्न टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न जेसीज तथा क्लवका पदाधिकारीहरुलगायत सञ्चारकर्मीज्यूहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback