News & Events »

मउविसको नेतृत्वमा पश्चिमाञ्चल भ्रमण सम्पन्न


संघ अन्तरगत रहेको महिला विकास समितिले पश्चिमाञ्चल अध्ययन अवलोकन भ्रमणको आयोजना गरेको थियो । भ्रमण कार्यक्रम महिला उद्यमी विकास समितिका का. वा. सभापति देव कुमारी ढकालको नेतृत्वमा भएको थियो । भ्रमणमा महिला उद्यमी, कार्यसमितिका पदाधिकारीहरु, का.स.स ,महिला कर्मचारीहरु तथा हस्तकला सं३को प्रतिनिधि लगाएत २० (बीस) जनाको सहभागिता रहेको थियो । भ्रमणमा विभिन्न उवा संघ तथा महिला द्धारा गरिएको कार्यहरुको अवलोकन गरिएको थियो । विभिन्न उवा संघका महिला उद्यमी तथा कार्यसमिति परिवार संगको छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरुः
तनहु“ उवा संघ
पहिलो दिन तनहु“ उवा संघमा पुगिएको थियो । उक्त संघमा महिला उद्यमी लगाएत कार्यसमिति परिवारले भ्रमण टोलीको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमा तनहु“ उवासंघको महिला उद्यमी विकास समितिका सभापति सरिता पियाको सभापतित्व, तउवा संघका अध्यक्षको प्रमुख आथित्यता तथा मउविसका का. वा. सभापति देव कुमारी ढकालको आतित्थ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य तउवा संघका मउविस सदस्य कल्पना गौलीले दिनुभएको थियो मन्तब्यको क्रममा भ्रमण टोलीलाई तउवा सघमा उपस्थित भएकोमा खुशीका साथ स्वागत व्यक्त गर्दै आफ्नो मउविसले गरेका क्रियाकलापको बारेमा जानकारी दिनुभएको थियो, भौगोलिक विक६ताको कारण सहज रुपमा महिला दिदि बहिनीहरुलाई आत्मनिर्भर बनाउन कठिनाईभएको अनुभव सुनाउनुभयो । स्वागत मन्तब्य पश्चात मउविस का.वा. सभापति देवकुमारी ढकाले आफ्नो टोलीको भ्रमणको उद्देश्य प्रकाश पार्नुभयो, नया“ ठाउ“हरुको भ्रमणले नया“ थपकुराहरु सिक्न पाईने बताउनुभयो । मउवा संघको  मउविसको जानकारी  मउवा संघका कार्यक्रम अधिकृत रजनी नेपाल ले गराउनुभएको थियो । त्यसैगरि मउवा संं३का वरिष्ठ उपाध्यक्ष श्री प्रकाश ढकालले मन्तब्यको क्रममा सं३को गतिविधि तथा क्रियाकलापको बारेमा जानकारी दिनुभएको थियो । त्यसैगरि तउवा संघको मउविसको बारेमा तउवा संघका कार्यकारी सचिव विशेश्वर तिमल्सिनाले जानकारी दिनुभएको थियो ।उक्त क्रममा मउविस धारा विभिन्न तालिमहरु संचालन गरेको र महिलाहरुलाई आत्मनिर्भरहुन सहयोग गरेको बताउनुभयो । व्यू६िशियन, झोला बुनाई,सिलाई बुनाई तथा तालिम संचालन गरिसकेको बताउनुभयो । जानकारी पश्चात फ्लोर ओपेन भएको थियो त्यस क्रममा मउविस सदस्य कल्पना गौलीले जिल्ला भौगोलिक परिवेशको कारण सबै गाविसको महिला दिदि बहिनीहरुलाई समट्न नसकेकोले मकवानपुरमा कसरी समट्ने गरिएकाछ ?त्यस जि१ासालाई मउवा संघका मउविसका मदाधिकारीले सम्बोधन गर्नुभएको थियो ।
त्यसै गरि कार्यक्रमा तउवा संघको अध्यक्ष श्री देव कुमार श्रेष्ठले संघको बिस्तृत जानकारी दिनुभएको थियो । साथै तनहु“ जिल्लामा गरिने दुध, तरकारी उत्पादन, जिल्लामा रहेको सिद्ध गुफा जुन एशिया कै ठूलो गुफा रहेको बारेमा जानकारी गराउनुभयो । मन्तब्य पश्चात मायाको चिनो आदन प्रदान गरिएको थियो । कार्यक्रमको समापन गर्नुहु“दै तउवा सं३का मउविस सभापति सरिता पियाले आफुहरुले आर्थिक स्थिति कमजोर भएका महिला दिदि बहिनीहरुलाई लगानी गरि आत्मनिर्भर बनाउन सफल भएको मीठो अनुभव सुनाउनु भएको थियो ।

पोखरा उवा संघ
    पोखरा उवा संघको स्वागत कार्यक्रमको संचालन पोउवा संघका उप–महासचिव तथा मउविस संयोजक हिरा भट्राईले गर्नु भएको थियो । कार्यक्रम पोउवा संघका अध्यक्ष श्री संजिव ब. कोईरालाको सभापतित्वमा भएको थियो । कार्यक्रम परिचयात्मक कार्यक्रमबाट शुरुभएको थियो । कार्यक्रमा अध्यक्ष कोईरालाले मन्तब्य तथा स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । मन्तब्यका क्रममा अध्यक्षले संघको आम्दानीको बारेमा जानकारी गराउनुभएको थियो । आम्दानीको श्रोतहरुमा सदस्यता, मेला, सेवा, कर संकलन, सिफारिस तथा सिफारिसहरु र अन्य विविध रहेको बताउनुभयो ।
कार्यक्रममा मउवा संघको मउविसका का. वा. सभापति देवकुमारी ढकालले आफुहरुको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेकोमा हृदय देखि धन्यवाद व्यक्त गर्नुभयो । साथै आफुहरु नया“अनुभवहरु ब्टुल्ने उद्देश्यले भ्रमण गरेको जानकारी गराउनुभयो । त्यसैगरि मउवा संघका वरिष्ठ उपाध्य श्री प्रकाश ढकालले सं३को बारेमा प्रकाश पार्नुभएको थियो । मन्तब्य पश्चात माया“को चिनो आदन प्रदान गरिएको थियो । कार्यक्रमको समापन गर्नुहु“दै पोउवा संघको मउविसका संयोजक हिरा भट्टराईले त्यहा“का मउविसको बारेमा जानकारी दिनुभयो । महिलाहरुले गरेको प्रगति ध्यmबल कपष्िि मभखभयिऊभलत , ँः च्भमष्य को बारेमा जानकारी गराउनुभयो ।
लेखनाथ उवा संघ
सम्मानका लागि स्वागत कार्यक्रमको सभापतित्व लेखनाथ उवा संघका का.स.स तथा महिला उद्यमी संयोजक गिता सुवेदीले गर्नुभएको थियो । कार्यक्रम संचालन लेउवा संघका का.स.स मेनुका श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा लेउवा संघका अध्यक्ष श्री बाबुराम गिरी तथा निवर्तमान अध्यक्ष श्री सुमन भट्टराईहरुको आतिथ्यता रहेको थियो । मउविसका सदस्यहरुले भ्रमण टोलीलाई खादा सहित स्वागत सम्मान गर्नुभएको थियो । स्वागत मन्तब्य मउविसको सदस्य विमला कुमारी बस्नेतले दिनुभएको थियो । कार्यक्रममा परिचयात्मक कार्यक्रम पश्चात मउवा सं३को तर्फबाट वरिष्ठ उपाध्यक्ष श्री प्रकाश ढकालले भ्रमणको उदेश्य माथी प्रकाश पार्नुृभएको थियो । साथै मउवा संघ र मउविसको क्रियाकलापको बारेमा समेत प्रकाश पार्नुभएको थियो । त्यसै गरि मन्तब्यको क्रममा लेउवा संघका अध्यक्ष श्री बाबुराम गीरीले मउवा संघ तथा मउविसको भ्रमणले आफुलाई हर्षित बनाएको र यो भ्रमणले लेउवा संघका मउविसले धेरै कुरा जान्न अनि सिक्न पाउने अवसर पाउनेमा विश्वास लिएको कुरा बताउनुभयो । नगर उवा सं३ भएको र नया“ भएको कारण सिक्न धेरै रहेको त्यसैले मकवानपुरको मउविसले आफ्नो मउविसहरुलाई धेरै कुरा सिकाउने आशा समेत व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा लेउवा संघमा रहेको जापानीज भोलेन्टिएरले होम स्टेको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा मन्तब्य दिनुहु“दै संघका निर्वतमान अध्यक्ष श्री सुमन भट्टराईले लेउवा संघको बारेमा प्रकाश पार्नुभयो । संघको आम्दानी , क्रियाकलापको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा धन्यवाद मन्तब्य मउविस को सह−संयोजक राधा सापकोटाले व्यक्त गर्नुभएको थियो । तत पश्चात कार्यक्रममा मायाको चिनो आदन प्रदान गरिएको थियो । अन्तययमा मउविसका सभापति गिता सुवेदीले मउविस द्धारा गरिएको नया“ कार्यको थालनी प्लास्६िक संकलन जुन फोहरको रुपमा खेर गैरहेको हुन्छ । खेर गएको प्लाष्टिक बाट आम्दानी गर्न सककोमा खुशी मिलेको अनुभव साट्नुभयो । साथै कार्यक्रमको विधिवत समापन गर्नुभयो ।   
त्यसदिन सोही उवासं३ले रात्रीको बास र खानाको व्यवस्था गँयो लेखनाथको पचभैया बेगनासतालको वरपर होम स्टेमा २,२ जनाको दरले बास भ्रमण टोली बास बसेको थियो । भोलिपल्ट विहान सवेरै लेखनाथमा रहेको पचभैया मन्दीरको दर्शन गरियो र वेगनासतालको परिसरबा६ दृश्यअवलोकन, वर्षाको पानी परेकोले केही कठिनाईका वावजुद पनि छुट्टै रमाइलोको महशुस गर्दै टोली त्यो ठाउ“ बाट हिड्ने समयमा होमस्टे समुहले पुष्प र टिका सहित हाम्रो टोलीलाई विदाई गरेको थियोे । त्यस पश्चात पोखरा विभिन्न स्थानको अवलोकन गर्दै फर्कने क्रममा बन्दिपुर हु“दै टोली हटौंडा फर्किएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback