News & Events »

मउवासंघद्धारा प्रमुख कर अधिकृत मोहलाल जि.सी.लाई हेटौंडामा स्वागत (२०७८ पौष १३)

Welcome to Tax Office Head2
मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न निकायका नव आगन्तुक प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार मंगलबार आन्तरिक राजश्व कार्यालय, हेटौंडाका नव आगन्तुक प्रमुख कर अधिकृत मोहलाल जि.सी.लाई हेटौंडामा स्वागत गरेको छ । संघको बैठककक्षमा एक कार्यक्रम गरी उहालाई स्वागत गरिएको हो । सोही कार्यक्रममा कर अधिकृतहरु अवधेश कुमार यादव र मनिस कुमार महतोलाई स्वागत गरिएको थियो । उहाहरु भर्खरै सरुवा भई हेटौंडा आउनुभएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । अध्यक्ष कृष्ण कुमार गुप्ताले मकवानपुर जिल्लाको बसाई सुखद र प्रगति उन्मुख रहोस् भनि शुभकामना दिनुहुदै उद्योग/व्यवसाय क्ष्ँेत्रमा कर सम्बन्धी विभिन्न समस्याहरु रहेको र अन्जानमा हुने कमीकमजोरीको कारण पनि व्यवसायीहरु समस्यामा पर्ने गरेकोले त्यस्तो अवस्थामा आन्तरिक राजश्व कार्यालयबाट सहजिकरण गरिदिनु पर्ने भनाई राख्नुभएको थियो । त्यसैगरी प्रमुख कर अधिकृत मोहलाल जि.सी.ले आफू पहिला पनि कर अधिकृतकोरुपमा आन्तरिक राजश्व कार्यालय, हेटौंडामा सेवा गरिसकेको, उद्योगी/व्यवसायीहरुबाट आफूलाई सहयोग रहनेमा आशावादी रहेको, कर कानून तथा कर सम्बन्धी व्यवस्थाहरुबारे सबै जानकार हुन आवश्यक रहेको, करदाता शिक्षा प्रदान गर्न कार्यालय तयार रहेको, उद्योगी/व्यवसायीहरुलाई नियमको कारवाहीबाहेक बाकी विषयमा पूर्ण सहयोग रहने उहाको भनाई थियो ।

Welcome to Tax Office Head1
छलफलमा उठेका विभिन्न जिज्ञासाहरुलाई कर अधिकृतद्वय अवधेश कुमार यादव र मनिस कुमार महतोले मेटाउने प्रयत्न गर्नुभएको थियो । छलफलमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव दिपक उप्रेती, अध्यक्ष सल्लाहकार विष्णु प्रसाद घिमिरे, कासस नरेन्द्र भण्डारी, तेजराज अधिकारी, प्रदिप अर्याललगायतले मन्तव्य राख्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback