News & Events »

बेलारुसी राजदुत एन्दे्ई रेयुस्की हेटौंडामा (२०७६ भाद्र २६)

Belarus Ambassadorमकवानपुर उद्योग वाणिज्य संघले विहीबार बेलारुसका राजदुत एन्द्रेई रेयुस्कीको संघमा स्वागत गरेको छ । एक कार्यक्रम आयोजना गरी राजदुत रेयुस्कीको बिहीबार स्वागत गरिएको हो । स्वागत कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालले मन्तव्य राख्नुहुंदै संघको गतिविधि बारे जानकारी गराउनु भएको थियो । राजदुत एन्द्रेई रेयुस्कीले बेलरुसका उद्योगपतिहरुसंग यहांका उद्योगी व्यवसायीले आफ्नो व्यवसाय विस्तारको लागि सम्पर्क स्थापित गर्न चाहेमा त्यसमा आफ्नो पूर्ण सहयोग रहने पनि बताउनु भयो ।
बेलारुसका उद्योगपतिलाई यहां नेपालमा बोलाएर भेटवार्ता गर्न परेमा वा यहांका उद्योगी व्यवसायीहरु बेलारुसनै गएर भेटवार्ता गर्न चाहेमा पनि आफूले सहजिकरण गर्ने राजदुत रेयुस्कीले बताउनु भयो । त्यसैगरी बेलारुस कृषि उपकरण र कृषि मेसिनहरु, हेभि इक्युपमेन्टहरु, तुलनात्मकरुपमा सस्तो उच्च शिक्षा, प्रविधिक कलेजहरु, सेटेलाईट प्रविधियुक्त रहेको राजदुत रेयुस्कीको भनाई रहेको थियो । कार्यक्रममा बेलारुसका वाणिज्यदुत अजेयराज सुमार्गी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका महासचिव प्रमोदसिंह रानाभाट, कार्यसमिति सदस्य शान्तिराम धिमाल, संघका आईटी परामर्शदाता निरज श्रेष्ठ, बेलारुसका प्रतिनिधि दिनेश पौड्याललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल, उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष अर्याल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी, कार्यसमितिका सदस्यहरु, बस्तुगत संघका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Belarus Ambassador welcome



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback