३ नम्बर प्रदेश अन्तर्गतका प्राइभेट फर्म रजिष्ट्रेसन दर्ता भएर व्यवसाय गर्दै आएपनि नवीकरण म्याद सकिएर समस्यामा पर्नु भएका व्यवसायीहरुको फर्म नवीकरण हुने भएको छ । ३ नम्बर प्रदेशको उद्योग, बन बाताबरण तथा पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट उक्त निर्णय भएको हो । २०७६ असोज मसान्तसम्मका लागि यो व्यवस्था गरिएको हो । तसर्थ घरेलु तथा साना उद्योग कार्यालयमा नबिकरण नियमित नभई समस्यामा पर्नु भएका व्यबसायीहरुले समयमै यो बिशेष सुबिधा सदुपयोग गर्नुहुन सुचित गरिन्छ ।
मकवानपुर उद्योग बाणिज्य संघ
हेटौडा, मकवानपुर