News & Events »

प्रहरी नायब महानिरीक्षकको स्वागत

मध्य क्षेत्र प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ । उहा“ले सुरक्षाको चिन्ता नगर्नमा सबैमा आग्रह गर्नुभएको छ । मकवानपुरमा आउने नवआगन्तुकलाई स्वागत गर्ने संघको परम्पराअनुसार माघ २ गते डिआईजी प्रकाश अर्यालको सम्मानमा  कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै अर्यालले जनताको चाहनाअनुसार सुरक्षा व्यवस्था मिलाइने प्रतिवद्धता जनाउनुभयो । उहा“ले यस क्षेत्रको सुरक्षाका निम्ती नया“ योजना ल्याउने बताउ“दै गुण्डागर्दी पूर्णरुपमा नियन्त्रण गर्ने बताउनुभयो । मकवानपुर लागूऔषधको व्यापारमा अग्रणी रहेको भन्दै अर्यालले त्यसको नियन्त्रण गर्नुका साथै भारतबाट  आयात हुने लागूऔषधलाई नियन्त्रण गर्ने अर्यालको प्रतिवद्धता रहेको थियो ।
    कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले सुरक्षा र लागूऔषध नियन्त्रणमा ध्यान दिनु आवश्यक रहेको औंल्याउनुभयो । अर्याललाई स्वागत गर्दै अध्यक्ष भुवनलाल श्रेष्ठले हेटौंडा औद्योगिक नगरी भएकाले हेटौंडा औद्योगिक क्षेत्रको सुरक्षामा ध्यान दिन जोड दिनुभयो । मकवानपुर मुलुककै मध्यभागमा रहेको भन्दै अध्यक्ष श्रेष्ठले मकवानपुरलाई ट्रमा सेन्टरका रुपमा विकास गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । संघका सल्लाहकार तथा होटल एशोसियसन मकवानपुरका अध्यक्ष भगिरथ शर्माले हाल भइरहेको मापसे  जा“चको प्रशंशा गर्दै बेलुका ९ बजेपछि पनि होटल  खुलाउनको लागि वातावरण तयार गर्न आग्रह गर्नुभयो ।  स्वागत कार्यक्रममा संघका सल्लाहकार तथा पूर्वसभासद प्रल्हाद लामिछाने, पूर्वअध्यक्ष जीवनकाजी माकजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव माधव न्यौपाने, सञ्चारकर्मीलगायतकाको सहभागिता रहेको थियो । संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले डिआइजी अर्याललाई पुष्प गुच्छाका साथै खादा ओढाएर स्वागत गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback