News & Events »

प्रहरी उपरीक्षकको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमः


    संघले जिल्लामा नव आगन्तुक प्रहरी उपरक्षिक श्री प्रकाशजंग कार्कीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य दिनुहु“दै जिल्लाको वस्तुस्थितिको संघको गतिविधिको बारेमा जानकारी दिनुभएको थियो । संघ निजि क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि निकै अग्रसर रहेको र विभिन्न किसिमका सामाजिक कार्यकालागि अहम भूमिका निर्वाह गरेको समेत बताउनुभयो । संघको पहलमा बजारमा जडित सि.सि. क्यामराले सुरक्षाको प्रत्याभूति गराइरहको र क्यामराको सहयोगमा विभिन्न किसिमका घट्नाहरुको यथार्त तथ्य पत्ता लागाएर कार्वाही अगाडि बढाउन सहज भएको समेत जानकारी गराउनुभयो । कार्यक्रममा श्रेष्ठज्यूले प्रहरी उपरीक्षकको मकवानपुरको बसाईको पूर्ण सफलताको कामना गर्दै सहकार्य गरि अगाडि बढ्नुहुन समेत आग्रह गर्नुभएको थियो ।
    कार्यक्रममा संघका पूर्वअध्यक्ष श्री उत्तम शर्मा ढकालज्यूले चाडपर्वमा अपराधिक घट्ना बढ्ने हुनाले सुरक्षा निकायले निगरानि राख्नुपर्ने बताउनुभयो । चाडपर्वमा सर्वसाधारणको भिड धेरै र सवारी साधनमा पनि दुर्घटना हुनेहुनाले त्यसलाई ध्यान पु¥याउनुहुन प्रहरी उपरीक्षकसंग आग्रह गर्नुभएको थियो । त्यसैगरि कार्यक्रममा बोल्नुहु“दै संघका सल्लाहाकार अशोक शाक्यज्यूले समाजको सुरक्षाको निमित्त प्रहरी प्रशासनको अहम् भूमिका रहनेहु“दा समाजको सम्पूर्ण किसिमका अपराधिक क्रियाकलापहरुमा निगरानि राखेर त्यसको न्यूनिकरण तथा समाधान गर्नुहुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा पाल्नुभएको प्रमुख अतिथि प्रहरी उपरीक्षकले आफ्नो सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुहु“दै, आफ्नो पहिलो प्राथमिकता जिल्लाको शान्ति सुरक्षा रहेको बताउनुभयो । जिल्लामा शान्ति सुरक्षाको क्षेत्रमा रहेर काम गर्ने अवधीभर समग्र जिल्लाकै सुरक्षाको विषयलाई ध्यानमा राखेर कार्यगर्ने बताउनुभयो । प्रहरीको काम शान्ति सुरक्ष्ाँ कायम गर्ने, अपराधिक घटना न्यूनिकरण गर्ने, जनताको जिउधनको सुरक्षा गर्ने प्रमुख रहेको भन्दै यीनै विषयमा नै केन्द्रित रहेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो । आफ्नो समयावधिभर सके राम्रो गर्ने, नसके नराम्रो पनि नगर्ने विश्वास दिलाउनुभएको थियो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्री प्रकाश ढकाल, उपाध्यक्ष्ँ श्री राजकुमार न्यौपाने, महासचिव माधव न्यौपाने, होटल एशोसिएसन मकवानपुरका श्री भगीरथ शर्मा, मोबाइल एशोसियशनका श्री छतेन्द्र आचार्य, बम बहादुर राउत लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई स–धन्यवाद समापन संघका वरिष्ठ उपाध्यक्षज्यूले गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback