मकवानपुर उद्योग वाणिज्य संघले सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरको बिदाई गरेको छ । मउवासंघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा संघमा एक कार्यक्रम गरी विदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्नुहुदै का.वा. अध्यक्ष न्यौपानेले प्रहरी उपरीक्षक राठौरको कार्यकालमा धेरै सहजढंगले सहकार्य भएको बताउनुहुदै कोभिड–१९ को संक्रमण व्यवस्थापनमा सहज वातावरण बनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । आगामी कार्यकालमा थप प्रगतिको कामना व्यक्त गर्नुहुंदै का.वा. अध्यक्ष न्यौपानेले मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक राठौरले बन्दाबन्दी तथा निषेधाज्ञाका बावजुद सहज तरिकाले मकवानपुरमा कार्यसम्पादन गर्न सकिएको बताउनुहुदै जिल्लामा मउवासंघलगायतका संस्थाहरुसंग महत्वपूर्ण सहकार्य भएको बताउनुभयो । उहाले मकवानपुर जिल्लाभित्र अपराध नियन्त्रण, कानुन कार्यान्वयन लगायत शान्तिसुरक्षाको मामलामा यहाका जनताको साथ पाएको बताउनुभयो । संघका उपाध्यक्ष कृष्णकुमार गुप्ताले कोभिड १९ को कारणले गरिएको लकडाउनमा अतुलनीय सहयोग प्राप्त भएको बताउनु हुदै बिशेष गरी कमाण्ड पोष्ट बैठकमा व्यवसायीहरुको समस्या समाधानको लागि सहजीकरण गर्नुभएको स्मरण गर्नुभयो ।
महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद न्यौपाने, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी, कार्यसमिति सदस्यहरु कुलप्रसाद चौलागाई, नरेन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो ।