News & Events »

प्रमुख जिल्ला अधिकारीज्यूको विदाई । (२०७५ श्रावण ११)

                संघले अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी चक्रवहादुर वुढाज्यूको विदाई कार्यक्रमको आयोजना गरेको थियोे । प्रजिअको कार्यकाल सुमधुर र सहज रहेको वताउनु हु“दै आगामी दिनमा मिलन हुने विचार व्यक्त गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । प्रजिअको कार्यकालमा जिल्लाका विभिन्न गतिविधिहरु उल्लेखनीय भएको बताउनुहु“दै अध्यक्ष कटुवालले उहा“को कास्कीको कार्यकालको सफलताको पनि कामना गर्नुभएको थियो ।

                प्रमुख जिल्ला अधिकारी बुढाले मकवानपुरमा आप्mनो ११ महिने सेवाको क्रममा सवैको सहयोग, समन्वय, सहकार्यले सफलता मिलेको बताउनुभएको थियो । जिल्लाको सौहार्दपूर्ण वातावरणले प्रभावित भएको बताउनुहु“दै यहा“को समस्याको समाधानमा सक्दो प्रयास गरेको र व्यवसायीहरु पनि उपभोक्ता भएकोले व्यवसायलाई नियम संगत र मर्यादित बनाई लैजानुपर्ने बताउनुभएको थियो । कार्यक्रममा अध्यक्ष कटुवालले प्रजिअ बुढालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

                संघका महासचिव श्री प्रमोदसिंह रानाभाटले सञ्चालन गर्नुभएकोमा कार्यक्रममा संघका पूर्वअध्यक्षज्युहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यज्यूहरु, विभिन्न वस्तुगत संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback