News & Events »

प्रजिअद्धारा पल्पसा आइसोलेशनको सोमबार निरीक्षण (२०७८ जेष्ठ २४)

COVID Help Desk1 66

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरको व्यवस्थापनमा रहेको पल्पसा आइसोलेशन सेन्टरमा सोमबारसम्ममा ६ जना कोभिड संक्रमित भर्ना हुनुभएको छ । संक्रमित मध्ये ४ जना महिला र २ जना पुरुष हुनुहुन्छ । पल्पसा आइसोलेशन सेन्टरमा चारजना नर्सले २४ घण्टा सेवा दिइरहनु भएको छ भने एक जना डक्टरले दैनिक निरीक्षण गरिरहनु भएको छ । पल्पसा आइसोलेशन सेन्टरमा कोभिड संक्रमित महिला र पुरुषको लागि छुट्टाछुट्टै बेडको व्यवस्था, अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, २४ घण्टा नर्स र बिहान बेलुका डाक्टरको निरीक्षण, नुहाउनको लागि तातोपानी, वाईफाई, टिभी, खाना तथा नास्ता, औषधी आदिको निःशुल्क व्यवस्था रहेको छ । पल्पसा परिसरमा एउटा एम्बुलेन्सको २४ घण्टा सुविधा पनि रहेको छ । कोभिड हेल्प डेस्क मकवानपुरका सदस्य संस्था सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगरद्धारा संचालित एम्बुलेन्स संक्रमितको सुविधाको लागि राखिएको छ ।

सोमबार ३८ जना कोभिड संक्रमितहरुलाई कोभिड हेल्प डेस्क मकवानपुरबाट फोनमार्फत सम्पर्क गरिएको छ । उनीहरुको अवस्था बुझ्ने कार्य हेल्प डेस्कबाट दैनिक गर्ने गरिएको छ । संक्रमित मध्ये २ जनाले अस्पतालमा र बाकी ३४ जना घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गरिएको छ ।
सोमबार दुई सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । हेटौंडा–१५ का एकजना र हेटौंडा–३, बसामाडीका एकजनालाई वितरण गरिएको हो ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सोमबार हेटौंडा–१० मा कोभिड संक्रमितको घरदैलो कार्यक्रम गरेको छ । हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा हेटौंडा–१० का वडा सदस्य धर्म बस्नेत, हेल्प डेस्कका सदस्य शंकरलाल श्रेष्ठ, मउवासंघका कार्यसमिति सदस्य सुनिल अधिकारी, समाजसेवी केदार प्रसाद न्यौपानेलगायतको घरदैलो कार्यक्रममा उपस्थिति रहेको थियो ।
सोमबार पल्पसा आइसोलेशन सेन्टरको निरीक्षण कार्य भएको छ । मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय, क्षयरोग तथा कुष्टरोग निरीक्षक ठाकुर पौडेल र जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले आइसोलेशन सेन्टरको निरीक्षण गरेका हुन् ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback