News & Events »

पाल्पा उवासंघको भ्रमण टोलीको स्वागत


    संघले पाल्पा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गरेको छ । संघका अध्यक्ष भुवनलाल श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिनुहु“दै अध्यक्षले प्रमुख समस्याहरुको समाधानको लागि महासंघ समक्ष सधैं अनुरोध गर्ने गरेको तर सुनुवाई नभएकोले सबै उद्योग वाणिज्य संघहरुले जोडदार पहल हु“दा समाधान हुन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो । श्रम ऐन सम्बन्धी समस्या, घरेलु नविकरण र दर्तामा भएको सस्याहरुलाई समाधान गर्न सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार राख्नुभएको थियो ।
कार्यक्रममा भ्रमणटोलीका प्रमुख तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । पाल्पा उवासंघको जानकारी गराउनुहु“दै जिल्ला नगर उवासंघको सहकार्य नभई महासंघका दवाव सिर्जना गर्न नसकिने हुनाले जाहेज मागको लागि दवावको आवश्यकता रहेको बताउनुभएको थियो । महासंघले जिल्ला नगर उवासंघको समस्याहरुमा कुनै वास्ता नगरेको गुनासासमेत राख्नुभएको थियो । त्यसैगरि पाल्पा उवाासंघका निवर्तमान अध्यक्ष मधुदयाल सैंजुले आफूहरुले गरेको कार्य र सफलताको बारेमा जानकारी गराउनु भएको थियो । उहा“ले महायज्ञ लगायर रकम संकलन गरि खाने पानी र शिक्षा क्षेत्रमा लगानी गरेको बताउनुभयो । साथै पाल्पा जिल्लाको पर्यटन विकासमा पाल्पा उवा संघको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback