News & Events »

पल्पसा आइसोलेशनलाई आयुर्वेदिक औषधी सहयोग (२०७८ आषाढ १८)

COVID Help Desk 3.18
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरमा शुक्रबार ३ जना नयां संक्रमित भर्ना हुनुभएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी गराउनु भएको छ । शुक्रबार बेलुकासम्म १६ जना संक्रमितहरु भर्नारत रहेको उहांले बताउनु भयो ।

कोभिड हेल्प डेस्क मकवानपुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट शुक्रबार २० जना कोभिड संक्रमितहरुलाई फोनमार्फत सम्पर्क गरिएको छ । उहांहरु सबैजना घरमै रहेको जानकारी गराउनु भएको थियो । पल्पसा आइसोलेशन सेन्टरका स्वास्थकर्मीबाट दैनिक फोनसम्पर्क गरी संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिने गरिएको छ ।

पल्पसा आइसोलेशन सेन्टरमा उपचाररत कोभिड संक्रमितहरुको लागि शुक्रबार औषधी सहयोग प्राप्त भएको छ । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रबाट ४० बट्टा आयुर्वेदिक औषधी सहयोगस्वरुप उपलब्ध गराउनु भएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । शुक्रबार संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback