News & Events »

पल्पसा आइसोलेशनमा हालसम्म ५० जना संक्रमित भर्ना (२०७८ आषाढ १५)

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म ५० जना कोभिड संक्रमितहरु भर्ना हुनुभएको छ । जेष्ठ १९ गतेबाट संचालनमा आएको पल्पसा आइसोलेशन सेन्टरमा हाल १० जना महिला र ११ जना पुरुष उपचाररत हुनुहुन्छ ।

कोेभिड हेल्प डेस्क मकवानपुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयबाट नयां संक्रमितको प्राप्त विवरण अनुसार फोनमार्फत सम्पर्क गरिएको छ । स्वास्थ्य परामर्श दिने उद्देश्यले मंगलबार ६ जनालाई फोन सम्पर्क गरिएको हो । उहांहरु सबै घरमै रहेको जानकारी गराउनु भएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरको व्यवस्थापनमा खटेका महानुभावहरु, स्वास्थ्यकर्मी, कामदार तथा कर्मचारीहरुको दिउंसोको खाजाको प्रवन्ध मउवासंघका कोषाध्यक्ष अनिल अग्रवालले गर्नुभएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । मंगलबार संघका कोषाध्यक्ष अनिल अग्रवालको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback