News & Events »

पल्पसा आइसोलेशनबाट सेवा शुरु (२०७८ जेष्ठ १९)

COVID Help Desk15

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गर्नेगरी पल्पसा सभागृह परिसरमा पल्पसा आइसोलेशन सेन्टर संचालनमा आएको छ । बुधबार एक औपचारिक कार्यक्रम गरी सेवाको शुरुवात गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवालको सभापतित्व र पूर्व गृहराज्यमन्त्री तथा बागमती प्रदेश सांसद ईन्द्र बानियाको प्रमुख आतिथ्यता, बागमती प्रदेश सांसदहरु प्रेम बहादुर पुलामी छिन्तु र मुनु सिग्देलको विशेष आतिथ्यतामा समुद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य क्ष्ँेत्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अफिनमा आवद्ध मकवानपुर सहकारी अस्पताल, चुरेहिल हस्पिटल, हेटौंडा सिटी हस्पिटल, मोडल हस्पिटल र सञ्चो हस्पिटलको विशेष सहयोगमा आइसोलेशन संचालन गरिएको हो ।
संक्रमितको कारण परिवार र समाजमा थप संक्रमण फैलिन नदिन र स्वास्थ्यकर्मीको प्रत्येक्ष निगरानीको लागि आइसोलेशन प्रभावकारी हुने भएकोले सचेत संक्रमितहरु आइसोलेशनमा रहनु उपयुक्त हुने गर्दछ । पल्पसा आइसोलेशनमा ३० वटा बेडको व्यवस्था गरिएको छ । पुरुष तर्फ २० वेड र महिला तर्फ १० बेडको व्यवस्था गरिएको छ । बुधबार नै एकजना कोभिड संक्रमित भर्ना हुनुभएको छ भने ४ जना संक्रमित भर्नाको हुनको लागि सम्पर्कमा आउनुभएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले बताउनु भएको छ ।
बुधबार कोभिड हेल्प डेक्स मकवानपुरको सचिवालयबाट ५३ जना संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने र समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गर्ने गरिएको छ ।
मंगलबार र बुधबार गरी ७ सिलिण्डर अक्सिजन हेल्प डेस्कबाट निःशुल्क वितरण गरिएको छ । ५ वटा कैलाश गाउ“पालिकामा पठाइएको छ भने हेटौंडा–४ मा र हेटौंडा–६ मा एक–एक थान सिलिण्डर अक्सिजन पठाइएको छ ।

COVID Help Desk16



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback