News & Events »

नेउवामहासंघका केन्द्रीय सदस्य पदमा निर्वाचित संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीको स्वागत (२०७७ मंसिर १७)

Arun Sumargi Welcome1

मकवानपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीलाई बुधबार संघमा स्वागत गरेको छ । मउवासंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको सभाध्यक्षतामा संघका पूर्वअध्यक्ष, सल्लाहकार, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले स्वागत गरेका हुन् । महासंघको हालै सम्पन्न ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट जिल्ला नगर संघको तर्फबाट केन्द्रीय सदस्य पदमा उहा निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्ष न्यौपानेले संघका पूर्वअध्यक्ष महासंघमा केन्द्रीय सदस्य हुदा उत्साह बढेको र संघलाई सहयोग पुग्ने बताउनु हुदै आउदा दिनमा महासंघको कार्यक्रमहरुमा संघको सहभागितामा वृद्धि हुने बिश्वास व्यक्त गर्नुभयो । उहाले सुमार्गीलाई फूलमाला तथा खादा लगाएर सम्मान गर्नुभएको थियो भने पूर्व अध्यक्ष उत्तमशर्मा ढकालले ढाका टोपी पहि-याइदिनुभएको थियो ।

Arun Sumargi Welcome2
नवनिर्वाचित केन्द्रीय सदस्य सुमार्गीले मकवानपुरको आवाज महासंघले बोल्ने बताउनुभयो । उहाले आफ्नो जितको आधार गुणस्तरीय सम्बन्धको विकास र सबैको सहमति र सहकार्यबाट तय भएको बताउनु हुदै महासंघका पूर्वअध्यक्षहरुको प्रयासको सह्राना गर्नुभयो । उहाले संघका अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार तथा कार्यसमितिबाट निर्वाचनका समयमा गरेको सहयोगको स्मरण गर्नुभयो । संघका उपाध्यक्ष कृष्णकुमार गुप्ताले सुमार्गीको जितले कार्यसमितिको मनोबल बढेको बताउनुभयो ।
महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गर्नुभएको कार्यक्रममा पूर्व अध्यक्षद्वय जिवनकाजि माकजु र उत्तम शर्मा ढकाल, उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिवत्रय सन्तोष अर्याल, काव्यमणि अधिकारी र बिष्णुगोपाल महर्जन, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ र निवर्तमान अध्यक्ष बद्री प्रसाद चौलागाई, संघका सल्लाहकार एकालाल श्रेष्ठलगायत कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

Arun Sumargi Welcome4



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback