News & Events »

निम्बुसद्धारा माक्स सहयोग (२०७८ जेष्ठ २२)

COVID Help Desk13 6
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरमा शनिबार एकजना थप भर्ना हुनुभएको छ । पल्पसा आइसोलेशन सेन्टरमा चारजना नर्सले २४ घण्टा सेवा दिइरहनु भएको छ भने एक जना डक्टरले दैनिक निरीक्षण गरिरहनु भएको छ । संक्रमितलाई बिहान र बेलुकाको खानाको व्यवस्था कृष्ण प्रणामी समाजले गरिरहेको छ । कृष्ण प्रणामी समाजबाट आइसोलेशन सेन्टरमा खटिरहेका नर्स तथा व्यवस्थापन टोलीसमेतलाई खानाको व्यवस्था गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरमा एम्बुलेन्सको पनि सुविधा रहेको छ । कोभिड हेल्प डेस्क मकवानपुरका सदस्य संस्था सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगरद्धारा संचालित एम्बुलेन्स २४ घण्टा सुविधा प्रदान गर्नेगरी पल्पसा परिसरमा राखिएको छ ।

शनिबार पल्पसा आइसोलेशन सेन्टरको लागि १८०० थान मेडकल माक्स सहयोग प्राप्त भएको छ । पशुपंक्षीको दाना उत्पादन, स्वास्थ्य तथा पोषणलगायत विभिन्न क्ष्ँेत्रमा काम गरिरहेको निम्बुसबाट माक्स सहयोग भएको हो । निम्बुसका एरिया सेल्स मेनेजर उद्धभ अर्यालले पल्पसा आइसोलेशन सेन्टरमै आई माक्स हस्तान्तरण गर्नुभएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष गणेश भेटुवालले माक्स सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । माक्स हस्तान्तरण कार्यक्रममा मउवासंघका कार्यसमिति सदस्य दिपक उप्रेती, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडललगायतको उपस्थिति रहेको थियो ।
कोभिड हेल्प डेक्स मकवानपुरको सचिवालयबाट शनिबार ५७ जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । ५७ जना मध्ये एकजना अस्पतालमा र बाकी ५६ जना घरमै रहेको संक्रमितहरुले जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गरिएको थियो ।
शनिबार दुई सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । हर्नामाडीका एकजना र हेटौंडा–५, पिप्लेका एकजनालाई उक्त दुई सिलिण्डर अक्सिजन वितरण गरिएको हो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback