News & Events »

निजी क्षेत्रमा कार्यरत कामदार कर्मचारीको संचयकोष व्यवस्थाको सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रमः


        संचयकोष कार्यालयको ५३ औं वार्षिक साधारण सभाको उपलक्ष्यमा संघ र संचयकोष शाखा कार्यालय मकवानपुरको संयुक्त आयोजनामा निजी क्षेत्रमा कार्यरत कामदार कर्मचारीको संचयकोष व्यवस्थाको सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा विभिन्न उद्योगी व्यवसायी लगायत टे«ड युनियनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रम संचयकोष शाखा कार्यालय मकवानपुरका प्रमुख श्री ओमकृष्ण श्रेष्ठज्यूको सभापतित्व तथा संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य तथा कार्यक्रममाथि प्रकाश सभापतिले पार्नुभएको थियो । कार्यक्रममा उहा“ले संचयकोषको बारेमा जानकारी गराउनुभएको थियो । कर्मचारी संचयकोष सार्वजानिक संस्था रहेको जानकारी गराउनुभयो । कार्यालयको सेवा सुविधाको बारेमा जानकारी गराउनुहु“दै  कोषमा रहेको रकम अनि त्यसको लगानीको क्षेत्रको बारेमा जानकारी गराउनुभयो । कोषको रकम पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने मान्यता रहेको जानकारी गराउनुभयो । कोषबाट तामाकोशी जलविद्युत आयोजनमा १० अर्व लगानी प्रतिबद्धता जाहेर गरेको र हाल सम्म ५ अर्व लगानी भैसकेको र ५ अर्ब बा“की रहेको बताउनुभयो ।त्यसैगरि चिलिमे र थप चारवटा जल विद्युत आयोजनामा करिब १५ अर्ब लगानी गर्ने प्रतिबद्धता रहेको बताउनुभयो । कोषले बचतकर्ताको लागि रु. १ लाख सम्म दुर्घटना बिमाको व्यवस्था समेत गरेको जानकारी दिनुभएको थियो । त्यसैगरि संचयकर्ताले क्रिया बस्नुपरेको अवस्थामा काजक्रिया बापत रु २५,०००।– सम्म अनुदानको व्यवस्था गरेको समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्नुहु“दै जी फण्डका विष्णु रानामगरले हेटौंडा औद्योगिक क्षेत्रमा रहेको अधिकांश उद्योगहरुमा कर्मचारी संचयकोषको व्यवस्था नरहेको अवस्थामा छ । संचयकोष कार्यालयमा रहेको विभिन्न किसिमका सेवा सुविधाहरुको प्रचार– प्रसार आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । त्यसैगरि ट्रेडयुनियन का“ग्रेसका कुमार पौडेलले पनि आफ्नो जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमा सहभागि साल्ट ट्रेडि∙का मधुसुधन अधिकारीले विभिन्न किसिमका जिज्ञासा राख्नुहु“दै नागरिक लगानी कोष र संचयकोषको फरक,संचय कर्ताको लगानीको अवसर लगायतका विषयमा जान्न खाज्नुभएको थियो । त्यसैगरि अर्का सहभागि युनाइटेड ब्रुअरीका विजयकुमार वैद्यले पनि ठेक्का प्रथाबाट राखिएको कर्मचारीहरुको पनि संचयकोषको व्यवस्था हुनुपर्ने, संचयकोषमा संचित फण्ड सामाजिक क्षेत्रमा विस्तारित गरिनुपर्ने तथा संचित रकम हेटौंडा–कुलेखानी–काठ्माण्डौं सुरु∙ मार्गमा लगानी गर्न मिल्ने वा नमिल्ने जस्ता जिज्ञासाका साथै सवालहरु राख्नुभएको थियो ।
        सम्पूर्ण जिज्ञासालाई सम्बोधन गर्नुहु“दै शाखा प्रमुखले ठेक्का प्रथाबाट राखिएका कर्मचारीहरुको लागि संचयकोषको व्यवस्था गर्नको लागि रोजगारदाता तथा कर्मचारीको सहमतिमा गर्न सकिने व्यवस्था रहेको जानकारी गराउनुभयो ।सुरु∙ मार्गको सवालमा आफुहरुले कुनै रणनितिक योजना नबनाएको तर प्रस्ताव आएको खण्डमा लगानी गर्न सकिने किसिमको धारणा व्यक्त गर्नुभएको थियो ।
        कार्यक्रमका प्रमुख अतिथि तथा संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठले कार्यालयको ५३ औं वार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो ।कार्यक्रममा धेरै नया“ कुराको जानकारी प्राप्त भएको समेत बताउनुभयो । यस किसिमको व्यवस्थाले कामदार कर्मचारीहरुको साथै रोजगारदाताहरुको लागि पनि प्रभावकारी सावित हुने विश्वास व्यक्त गर्नुभयो । उद्योगी व्यवसायी तथा संचयकोष कार्यालयमा भएका समस्याहरुलाई सहकार्य गरेर समाधानको प्रयास गरिने विषयमा जानकारी गराउनुभयो ।
कार्यक्रमको अन्त्यमा कार्यालयका प्रमुखले कार्यक्रम सफल बनाउन मउवा संघको अहम् भूमिकालाई हृदयबाट आभार व्यक्त गर्नुहु“दै, उपस्थित सम्पूर्णमा स–धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback