मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा यज्ञोदय दुग्धनाथ थारु वहुमुखी क्याम्पस, सुद्धोधन गाउपालिका, रुपन्देहीका वि.वि.यस. चौथो वर्षका विद्यार्थीहरु र प्राध्यापकको अध्ययन अवलोकन भ्रमण टोलीसंग हेटौंडामा छलफल भएको छ ।
विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र प्रयाप्त नहुने र भ्रमणबाट यथार्थ बस्तुस्थिति बुझ्न सकिने भएकोेले भ्रमण कार्यक्रम गरिएको उक्त क्याम्पसका प्राध्यापक दामोदर अर्यालले बताउनु भएको थियो । भ्रमण टोलीलाई अध्यक्ष कटुवालले स्वागत गर्नुहुदै छलफलका क्रममा विद्यार्थीहरुबाट राखिएका जिज्ञासा उपर मकवानपुर जिल्लामा औद्योगिक व्यावसायिक गतिविधि, संघको गतिविधिलगायतको बारेमा जानकारी गराउनु भएको थियो । विद्यार्थीहरु अध्ययनपश्चात विदेश पलायन हुने प्रवृत्ति रहेकोले विदेश गएपनि पुनः नेपाल फर्केर स्वरोजगारमूलक उद्यममा लाग्नुपर्ने धारणा उहांले राख्नुृ भएको थियो । हाल नेपालको कृषि क्षेत्रमा निक्कैनै अवसरहरु भएकाले कम लगानीमा पनि यस क्षेत्रमा लाग्न सकिने उहाको भनाई रहेको थियो ।
कार्यक्रममा संघका महासचिव प्रमोदसिंह रानाभाट, सचिव तथा प्रवक्ता काब्यमणी अधिकारी, सचिव सन्तोष अर्याल, कार्यकारी सचिव पवन कार्की, कार्यालय सहायक विजय भण्डारी, भ्रमण टोलीका प्राध्यापकद्वय दामोदर पंगेनी तथा सरोज अर्यालका साथै ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।