संघका नविकृत सदस्यहरुकालागि औषधी खरिदमा छुट दिने सम्वन्धमा अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा औषधी व्यवसायी संघका पदाधिकारीज्यूहरु विच भएको सहमति बमोजिम पत्रकार सम्मेलन आयोजना गरी जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष कटुवालले संघका नविकृत सदस्यहरुलाई छुट दिईने व्यानर नेपाल औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहालज्यूलाई हस्तान्तरण गर्नु भएको थियो ।
नेपाल औषधी व्यवसायी संघ, मकवानपुरका अध्यक्ष दाहालले आफ्नो मन्तव्य व्यक्त गर्नुहु“दै छिट्टै आम सर्वसाधारणहरुलाई पनि छुट दिने विषयमा छलफल भईरहेको समेत जानकारी गराउनुभएको थियो । संघका महासचिव प्रमोद सिंह रानाभाटज्यूले संचालन गर्नुभएको कार्यक्रममा संघका पूर्वअध्यक्ष, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरु, नेपाल औषधी व्यवसायी संघ मकवानपुरका पदाधिकारी तथा सदस्यज्यूहरु तथा संचारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।
संघका नविकृत सदस्यहरुलाई निम्न औषधी पसलहरुबाट खुद्रा औषधी खरिदमा ५ देखि ७ प्रतिशतसम्म छुट प्रदान गरिएको छ ।
१) तमु फार्मेसी चौकीटोल, हेटौडा — २
२) मनकामना फार्मेसी राप्तीरोड, हेटौंडा — १०
३) चौतारी मेडिकल हल राप्तीरोड— १
४) गुरा“स मेडिकल हल राप्तीरोड— १०
५) रहमत फार्मेसी भिन्त’नापथ ,हेटौंडा—१
६) आर टि फर्मा कान्तिराजपथ, हेटौंडा —३
७) गगन मेडिकल कान्तिराजपथ, हेटौंडा —४
८) अमर मेडिकल हल वसपार्क, हेटौंडा — १०
९) ओविन फार्मेसी पदमपोखरी ,हेटौंडा —१४
१०) आयुष फार्मेसी वस्तीपुर, हेटौंडा — १९
११) निभव पोलिक्लिनिक वैंकरोड,हेटौंडा — १०
१२) श्री आयु पोलिक्लिनिक चौघडा,हेटौंडा — ६