संघले आप्mना कर्मचारीहरुलाई कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्ने सम्वन्धि १ दिवसीय तालिम प्रदान गरेको छ । का.वा. अध्यक्ष माधव न्यौपानेज्यूको अध्यक्षतामा भएको तालिम कार्यक्रममा मन्तव्य राख्नुहु“दै न्यौपानेले तालिमपश्चात कम्पनी दर्ता संघबाट नै हुने बताउनुभएको थियो । तालिमको सहजीकरण धिरज कट्टेलले गर्नुभएको थियो भने उहा“लाई अजय कट्टेलज्यूले सहयोग गर्नुभएको थियो । तालिममा संघका कार्यकारी सचिव विवेक मानन्धरज्यूलगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । समापन मन्तव्यको क्रममा संघका कासस रवि कडेल शर्माज्यूले यस क्षेत्रका उद्योगी व्यवसायीहरुको कम्पनी रजिष्ट्रारको काम जिल्लाबाटै हुने र यसले संघमा आय पनि हुने विश्वास व्यक्त गर्नुभएको थियो । प्रशिक्षकलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।