News & Events »

जाऔं है हेटौडा

व्यवसायको विस्तार, सम्भावित ग्राहकहरुसंग छलफल तथा नयाँ वस्तु एवम् सेवाहरुको प्रवद्र्धन गर्ने तथा समग्रमा उद्योग एवम् व्यापारमार्फत यस क्षेत्रकै आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा मद्दत पु¥याउने उद्देश्यका साथ यस संघद्वारा विभिन्न समयमा मेला, प्रदर्शनी तथा व्यापार प्रवद्र्धनका कृयाकलापहरु संचालनको शिलशिलामा वि.सं.२०५३ मा तत्कालिन राजा वीरेन्द्रवीरविक्रम शाहदेवबाट समुद्घाटन गरिएको नेपाल कै पहिलो नारायणी महोत्सव स्मरणीय छ । मेलालाई निरन्तरता प्रदान गर्ने क्रममा २०६६ मा आयोजना गरिएको मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा २०६८ र २०७० मा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार मेला उल्लेख्य छ । जिल्लामा उद्योग व्यापारको विकास गरी देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले संघले बृहत ओद्योगिक व्यापार मेला आयोजना गर्ने कार्यतालिका बमोजिम यस बर्ष २०७२ फागुन २० गतेदेखि ३० सम्म राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ संचालन गर्दैछौं ।
देशकै केन्द्रमा रहेको यस सुन्दर हेटौंडा नगरीको ५० बर्षभन्दा बढीको औद्योगिक संस्कार छ । हेटौंडा औद्योगिक क्षेत्र क्षेत्रफलको हिसाबमा राष्ट्रकै ठूलो औद्योगिक क्षेत्र हो । बिगतका बर्षहरुमा देशका विभिन्न भागबाट हेटौंडामा बसाईसराई गर्ने क्रम पनि तीव्ररुपमा छ । गत ५ बर्ष यता मात्र करिब ५० हजार व्यक्तिहरु उज्जवल भविष्यको संभावना मनन गर्दै हेटौडा नगरमा बसाई सराई गरेको तथ्य हाम्रा सामुन्ने छ । उद्योग तथा उद्योगी व्यवसायीहरुको उत्पादनहरुलाई सहजढंगले उपभोक्ता समक्ष पु¥याउन विभिन्न समयमा र स्थानहरुमा हुने मेला प्रदर्शनीहरुको ठूलो भूमिका रहने कुरालाई नकार्न सकिन्न । मेलामा जिल्ला विकास समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले पनि आयोजकको भूमिका निर्वाह गरेको छ । मेलामा विभिन्न क्षेत्रहरु कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुका गरी करिव ४०० वटा बिबिध प्रकारका स्टलहरु रहनेछन् । मेलाको बिशेष आकर्षणको रुपमा दैनिक रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा साँस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरुसमेत आयोजना गरिनेछ । मिनी चिडियाखाना, बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको समेत व्यवस्था गरिनेछ । विभिन्न पेशा, व्यापार, उद्योगमा संलग्न व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी गत बर्ष करिव ५ लाख अवलोकनकर्ताले अवलोकन गरेको तत्थ्याङ्कलाई मनन गर्दै यस बर्ष करिव ६ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । करिव ८० लाखको लगानीमा संचालन हुन लागेको यस बृहत मेलामा गाडीहरुको शहरको रुपमा पनि परिचित मकवानपुरका सवारीधनीहरुबाट खरिद गरिने सवारी साधनहरुसहित गरी करिव ५० करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको छ ।
मेला मिति ः २०७२ फागुन २० गतेदेखि ३० सम्म
मेला स्थल ः लोकतान्त्रिक (हुप्र) चौर, हेउनपा–४



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback