News & Events »

जन्मदिनमा हेल्प डेस्कलाई सहयोग (२०७८ आषाढ ९)

COVID Help Desk3.09

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट बुधबार २३ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । उहांहरु सबै घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको छ ।
हेल्प डेस्कबाट बुधबार दुई सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–४ का एकजना र मनहरी–१, मकरीका एकजना बिरामीलाई उक्त अक्सिजन सहयोग गरिएको हो ।

कोभिड हेल्प डेस्क मकवानपुरलाई महिला उद्यमी निलम बजगाईले सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसरमा उहांले बुधबार हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्तालाई ३० कार्टुन पानी हस्तान्तरण गर्नुभएको संघका सचिव सन्तोष अर्यालले जानकारी गराउनु भएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सदस्य सरोज खनाल, मउवासंघका उपाध्यक्ष गणेश भेटुवाल, महासचिव प्रमोद सिंह रानाभाट, अध्यक्ष सल्लाहकार कृष्ण बहादुर कार्की, उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
आफ्नो जन्मदिनको अवसरमा मउवासंघका अध्यक्ष सल्लाहकार कृष्ण बहादुर कार्कीले पल्पसा आइसोलेशन सेन्टरमा सेवारत स्वास्थ्यकर्मी र व्यवस्थापनमा खटिएका सदस्यहरुलाई दिउंसोको नास्ताको व्यवस्था गर्नुभएको थियो ।
मउवासंघका उपाध्यक्ष गणेश भेटुवालले पल्पसा आइसोलेशन सेन्टरलाई ४ क्रेट बट्टाईको अण्डा सहयोग गर्नुभएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने गरेका छन् । बुधबार संघका सचिव सन्तोष कुमार अर्यालको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback