News & Events »

कर्मचारीलाई कार्यालय व्यवस्थापन तालिमः


मिति २०७१ श्रावण २४ र २५ गते संघका कर्मचारीहरुको कार्यदक्षता बढाउने उद्देश्यले दुई दिवसिय कार्यालय व्यवस्थापन तालिमको आयोजना संघको सभाकक्षमा गरियो । तालिमको समुद्घाटन संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभापतित्वमा भएको थियो । कार्यक्रममा अध्यक्षज्यूले कर्मचारीहरुलाई तालिमबाट धेरै कुरा सिकेर कार्यालयको कार्यलाई चुस्त दुरुस्त बनाउनको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
तालिममा काठ्माण्डौको ज्ब्च्म् ल्भ्एब्ी का मुख्य प्रशिक्षक श्री रिसभदेव सिग्देल र सहायक प्रशिक्षक श्री गिरिराज ज्ञवालीहरुको उपस्थिति रहेको थियो । प्रशिक्षकहरुले तालिममा पत्र लेखन,तभबm धयचप,लगायत कार्र्यालय व्यस्थापन कसरी गर्ने लगायतका  धैरै कुराहरुको अभ्यास गराउनुभएको थियो । तालिममा  औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, टिपिकल स्टिल इण्डष्ट्रिज प्रालि, हैंसे होस्टे बाल समूह,ल्क्ष्ए,निर्माण व्यवसायि संघ,युनाइटेड बु्रअरी लगायतका कर्मचारीको उस्थिति रहेको थियो ।
        दुई दिवसिय तालिमको समापन कार्यक्रममा पनि संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभापतित्व रहेको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले नया“ कुरा सिक्ने मौका पाएको कुरा व्यक्त गर्नुभएको थियो साथै सिकेको कुराहरु कार्यालयमा सदुपयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो । प्रशिक्षार्थीको तर्फबाट संघका कार्यकारी सचिव, विवेक मानन्धर, वरिष्ठ कार्यालय सहायक ईमु शर्मा र युनाईटेड ब्रुअरीका राजाराम कार्की लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । त्यसैगरि प्रशिक्षकको तर्फबाट गिरिराज ज्ञवालीज्यूले मन्तब्य व्यक्त गर्नुभएको थियो । मन्तब्यको क्रममा उहा“ले आफुहरुले मउवा संघमा आएर प्रशिक्षण गर्न पाएकोमा हर्षित भएको विचार व्यक्त गर्नुभएको थियो । छोटो समयका बाबजुत पनि आफुहरुले प्रशिक्षार्थीहरुलाई आवश्यक कुराहरु सिकाएको र पछिका दिनहरुमा पनि समस्याहरु परेमा सदैव निराकरण गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो साथै संघले गरेको सम्मान र स्वागको लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ब। कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितर संघका अध्यक्ष्ँ तथा बरिष्ठ उपाध्यक्ष श्री प्रकाश ढकालज्यूले हस्तानतरण गर्नुभएको थियो । साथै प्रशिक्षक द्वव लाई मकवानपुरको उत्पादन अल्लोको टोपी मायाको चिनो स्वरुप लगाईदिनुभएको थियो । कार्यक्रम सधन्यवाद सहित संघका वरिष्ठ उपाध्यक्षले गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback