News & Events »

औषधि व्यवसायी संग कर सम्बन्धी छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमः


संघ तथा आन्तरिक राजश्व कार्यालयको संयुक्त आयोजनामा जिल्लामा अवस्थित औषधि व्यवसायीहरु संग कर सम्बन्धी छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम संघको सभाकक्षमा गरियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत जीवनकुमार घिमिरेले सम्पूर्ण व्यवसायीहरुलाई अतिरिक्त सेवा शुल्क बापत ५५ का दरले कर संकलन गरेर राजश्व कार्यालयमा नियमित रुपमा चौमासिक व्यवसाय विवरण पेश गर्न सम्पूर्ण औषधी व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो । तमक १५५ अनिवार्य काट्न र डाक्टरको सेवा शुल्क ५५ अनिवार्य काट्न आग्रह गर्नुभएको थियो । क्लिनिक चलाएका व्यवसायीहरुले अनिवार्यरुपमा चौमासीक हिसाव बुझाउन आग्रह गर्नुभएको थियो । तर क्लिनिक नचलाई औषधि पसल चलाउनेको हकमा चौमासिक हिसाव आवश्यक नरहेको समेत प्रष्ट पार्नुभएको थियो । चौमासिक विवरण मंसिर २५ भित्र, चैत्र २५ गते भित्र र श्रावण २५ गते भित्र बुझाउनुपर्ने जानकारी गराउनुभयो । साथै कारोबार नभएको खण्डमा जीरो कारोबारको समेत विवरण पेश गर्नुपर्ने अन्यथा रु.१०००।– जरिवाना लाग्ने जानकारी गराउनुभएको थियो । सम्पूर्ण व्यवसायीहरुलाई कानून संगत कारोवार गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले व्यवसायीहरुलाई भएका समस्याको बारेमा जानकारी गराउन आग्रह गर्दै करको दायरा भित्र रहन सबैलाई आग्रह गर्नुभएको थियो । सम्पूर्ण औषधी व्यवासयीहरुको करको नियम मकवानपुर जिल्लाबाट शुरु गर्ने उद्देश्यले सम्पूर्ण औषधि व्यवसायी तथा आन्तरिक राजश्व कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसंग प्रत्यक्ष अन्तरक्रिया गराएको जानकारी गराउनुभयो । साथै सम्पूर्ण औषधि व्यवसायिको एक विचार तथा करको पालना गर्ने एकबद्धता रहोस भन्ने कामना गर्नुभएको थियो । कार्यक्रममा औषधी व्यवसायी संघका उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्य÷ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्पूर्ण उपस्थित व्यवसायीहरुले कानून अनुसार व्यवसाय गर्ने बचन बद्धता गर्नुभएको थियो । कार्यक्रमको संचालन तथा समापन संघका महासचिव महेन्द्र राउतले गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback