संघले राष्ट्रियसभा सदस्य माननीय रामनारायण बिडारीज्यूको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको आर्थिक विकासमा छलफल गरिएको थियो भने समसामयिक र पछिल्लो वस्तुगत अवस्थाको विषयहरुमा माननीय विडारीज्यूको ध्यानाकर्षण गराईएको थियो । स्वागत कार्यक्रमकोलागि धन्यवादज्ञापन गर्दै माननीय विडारीले आपूm हेटौंडाका सबैजसो विषयमा केन्द्रीत रहेको र हेटौंडाको समस्याहरुको समाधानमा जीउज्यान दिएर पहल गर्ने बताउनुभएको थियो । स्वागत कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरु र सञ्चाकर्मीज्यूहरुको उपस्थिति रहेको थियो । माननीय बिडारी संघका सल्लाहकार पनि हुनुहुन्छ ।