News & Events »

उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्रीको सम्मानमा स्वागत तथा अभिनन्दन कार्यक्रमः–


        संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा हालसालै संविधान निमार्ण पछि उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री बन्नुभएका हेटौंडाका छोरा माननीय कमल थापाको सम्मानमा स्वागत तथा अभिनन्दन कार्यक्रमको आयोजना पल्पसा सभा गृहमा गरियो । कार्यक्रममा संघ पूर्व अध्यक्ष रामकृष्ण गोर्खाली, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी जसले भुकम्प पिडितहरुलाई सहयोग गर्न पु¥याएको सहयोगको कदर गर्दै सम्मान पत्रले सम्मान गरेको थियो र उपप्रधान परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाको सम्मानमा अभिनन्दन गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले स्वागत मन्तब्यको क्रममा  मकवानपुरलाई विशेष आर्थिक क्षेत्र घोषणा, सीटिईभीटिको बहुप्राविधिक महाविद्यालय स्थापना र राष्ट्रिय खेलकुद प्रतिष्ठानलगायत विषयमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।

    कार्यक्रममा उपप्रधानमन्त्री कमल थापाले नेपालीहरुको चाडपर्वको मुख्य बेलामा सीमामा इन्धन, पारवहन, आपूर्ति व्यवस्था र औषधीलगायत अति आवश्यक वस्तु आपूर्तिमा अवरोध सिर्जना गरिएको घटनालाई नेपालीहरुले कहिल्यै नविर्सने बताउनुभएको थियो । देशभित्रको आन्तरिक समस्यालाई बहाना बनाएर पारवहन र आपूर्ति व्यवस्थामा भारतले अवरोध सिर्जना गरिरहेको भन्दै उपप्रधानमन्त्री थापाले देशको आन्तरिक समस्यालाई नेपाली आफैं समाधान गर्न सक्षम रहेको अवस्थामा जनतालाई दुःख दिने, नाकामा अवरोध गरेर पीडा दिने काम गरिएको भन्दै त्यसलाई नेपालीले कदापि स्वीकार नगर्ने बताउनुभएको थियो । कार्यक्रममा उपप्रधान मन्त्रीले भारत सरकारको अहित हुने र विरोधको कुनै पनि काम नगरेको विनाकारण इन्धन अवरोध खडा गर्ने काम गरिरहेको भन्दै विरोध जनाउनुभएको थियो । आफू भारत जा“दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आश्वासन दिएपनि त्यसले व्यवहारिक रुप लिन नसकेको जानकारी गराउनुभएको थियो । आश्वासनको इमान्दारीका साथ कार्यान्वयन हुनेमा हामी प्रतिक्षा गरिरहेको समेत जानकारी गराउनुभएको थियो । नाका बन्दीको समयमा जनताले अभुतपूर्व साथ र सहयोग गरेकोमा प्रशंसा गर्नुभएको थियो । नाका बन्दीले नेपालको नया“ ढंगबाट विकास हुनेमा आ“खा खुलेको विचार राख्नुहु“दै नेपालले अब बाट पेट्रोलियमको लागि एकै देशमा मात्र भर पर्नुपर्ने बाध्यता सदाको लागि बन्द गर्ने सरकारको तयारी रहेको स्पष्ट पार्नुभएको थियो । नेपालको संविधान अपुरो भएको भनेर भ्रम फैलाउने स्वदेशी तथा विदेशीहरुलाई त्यस्तो गतल कार्य नगर्नुहुन आग्रह गर्नुभएको थियो । स्थानीय विकास मन्त्री तथा मधेशी मोर्चा संगको वार्ताका लागि सरकारले बनाएको वार्ता टोलीका संयोजक थापाले जनविश्वास जितेर संविधानमा आवश्यक सुधार गर्न तराई केन्द्रित दलहरुलाई आग्रह गर्नुभएको थियो । विश्वको कुनै पनि संविधान सत्प्रतिशत नहुने हुनाले त्यसलाई समय सापेक्ष्य सुधार गरेर लानुपर्ने धारणा राख्नुभएको थियो ।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले आफूलाई सम्मान गरेकोमा हृदयदेखिनै धन्यवाद दिनुभएको थियो । मन्तब्यको क्रममा जोशीले राज्यलाई बन्धक बनाएर नाजायज माग पूरा नर्गन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसैगरि कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष ऋषिराम घिमिरेले सबै उद्योगहरु धरासायीभएको गुनासो गर्दै उद्योगले लिएको ऋणको व्याज मिनाहाका लागि सरकारले निर्णय गर्नुपर्ने आवश्यता औंलौनुभएको थियो ।
    कार्यक्रमा मध्येमाञ्चल क्षेत्रीय प्रशासक महेश दहाल,एमाले जिल्ला संयोजक रामचन्द्र राईलगायतकाले मन्तब्य दिनुभएको थियो । कार्यक्रम संचालन संघका महासचिव महेन्द्र राउतले गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback