News & Events »

उद्योग वाणिज्य दिवस मामाघर नेपालमा (२०७७ चैत्र २८)

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस २०७७ मनाएको छ । हेटौंडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आश्रित वालवालिकाहरुको लागि खाद्यान्न सहयोग गरेर उद्योग वाणिज्य दिवस २०७७ मनाइएको हो । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा उक्त वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुदै उद्योगी व्यवसायीको पर्वको दिनमा सहयोग कार्यक्रम लिएर आएको न्यौपानेले बताउनु भएको थियो । ममामाघर नेपालको संचालनमा अर्पण पराजुलीको लगनशिलताको उहाले सह्राना गर्नुभएको थियो ।

कार्यक्रममा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले सडक वालवालिका मुक्त समाज निर्माणको उद्देश्यलाई पूरा गर्न मामाघर नेपालको स्थापना भएको बताउनु भएको थियो । उहाले वालवालिका सडकमा आउनुपर्ने वाध्यता हटेको दिन मामाघर नेपाल बन्द गरिने र त्यो सुखद समयको प्रतिक्षामा आफू रहेको आसय व्यक्त गर्नुभएको थियो । हाल मामाघर नेपालमा १९ जना वालवालिका आश्रित रहेको उहाले बताउनु भयो । यो संख्या कुनैपनि समयमा थपघट हुने उहाको भनाई थियो । वालवालिकाहरुलाई परिवारको जिम्मा लगाउदा घटने र नया सडक वालवालिका मामाघर नेपालमा ल्याउने क्रम चलिरहने भएकोले थपघट पनि भइरहने उहाले बताउनु भएको थियो । हाल मामाघर नेपालमा आश्रित वालवालिका कोही पढाईमा अत्यन्त मेधावी र कोही खेलमा राष्ट्रिय स्तरकासमेत रहेकोे बताउनु भएको थियो । मामाघर नेपालमा १०० जना वालवालिकालाई आश्रय दिन सकिने उहाको भनाई थियो । विगतको अनुभवको आधारमा पछिल्लो समय सडक वालवालिकाहरुलाई तुरुन्तै मामाघर नेपालमा नल्याई उनीहरुलाई निगरानीमा राखी मनोसामाजिक हिसावले तयार गरेर मात्र ल्याउने गरिएको उहाको भनाई थियो । मामाघर नेपाल संचालनमा आफू फ्रण्टमा जस्तो देखिएपनि पूरा समाजले नै मामाघर नेपाल चलाइरहेको उहाको भनाई थियो । मकवानपुर उद्योग वाणिज्य संघबाट र संघका पदाधिकारीहरुबाट सहयोग हुदै आएको उहाले चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा संघका सचिव तथा प्रवक्ता काब्यमणि अधिकारीले मन्तव्य राख्नु भएको थियो भने संघका महासचिव प्रमोद सिंह रानाभाट, सचिव सन्तोष अर्याल, कार्यसमिति सदस्यहरु दिवस पराजुली, राजाराम कार्की, कुलप्रसाद चौलागाई, नरेन्द्र भण्डारी, रुपकराज दहाल, संघका कार्यकारी सचिव पवन कार्की, पत्रकारद्वय नविन तिमल्सिना र श्रीराम अर्जुनलगायत मामाघर नेपालमा आश्रित वालवालिकाहरुको सहभागिता रहेको थियो ।
औपचारिक कार्यक्रमपछि खाद्य सामग्रीहरु चामल, तेल, दाल, नुन, मस्यौरा, आलु, प्याज, चिउरा वितरण गरिएको थियो ।

Udhyog Banijya Diwas 2077



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback