संघले हरेक वर्ष चैत्र २८ गते उद्योग वाणिज्य दिवस मनाउ“दै आएको छ । ०७४ साल चैत्र २८ गते १९ औं उद्योग वाणिज्य दिवशको अवसरमा हेटौंडा ५ मा रहेको ग्रामीण सुधार मञ्चमा आश्रित रहेका ३५ जना अनाथ वालबालिकाहरुलाई संघको तर्पmबाट १० हजार बरावरको खाद्यान्न वितरण गरिएको थियो ।
का.वा. अध्यक्ष माधव न्यौपानेज्यूको सभापतित्वमा भएको खाद्यान्न वितरण कार्यक्रममा संघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठज्यूबाट आश्रमकालागि स्व. पिता प्रेमलाल श्रेष्ठको नामवाट अक्षय कोष राख्नको लागि आफनो रु. दशहजार रकम प्रदान गर्ने घोषणा पनि गर्नुभएको थियो । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले उद्योग वाणिज्य दिवसको बारेमा प्रकाश पार्नुभएको थियो ।
संस्थाकी सञ्चालिका ईन्दिरा न्यौपानेज्यूले आश्रमको हालसम्मको अवस्था र यसको विकासकालागि सबैको सहयोगको अपेक्षासहित संघबाट प्राप्त सहयोगकालागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त अवसरमा आश्रमलाई विशेष सहयोग पु¥याउनुहुने संघका कार्यसमिति सदस्य राजाराम कार्कीज्यूलाई संस्थाको तर्पmबाट सम्मान पनि गरिएको थियो । संघका महासचिव प्रमोद सिंह रानाभाटज्यूले संचालन गर्नुभएको खाद्यान्न वितरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति, सल्लाहकारज्यूहरुलगायत कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।