News & Events »

आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृतज्यूको स्वागत । (२०७५ कार्तिक १९)

संघले विभिन्न सम्बन्धित निकायका नवआगन्तुक प्रमुखहरुको स्वागत गर्ने परम्परा कायमै राख्दै आन्तरिक राजश्व कार्यालयका नवआगन्तुक प्रमुख कर अधिकृत तथा कर अधिकृतज्यूहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रममा हालसालै मात्र आन्तरिक राजश्व कार्यालय मकवानपुरमा सरुवा भई आउनुभएका प्रमुख कर अधिकृत सन्तबहादुर ढकाल तथा कर अधिकृतहरु हरेराम ढकाल, नारायण भण्डारी, सरोजकुमार ढकाल, दिपककुमार ढकालज्यूको स्वागत गरिएको हो । संघका महासचिव प्रमोदसिंह रानाभाटज्यूले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहु“दै अध्यक्ष कटुवालले आन्तरिक राजश्व कार्यालय र संघबीचको सुमधुर सम्वन्ध कायमै रहनु पर्नेमा जोड दिनुभएको थियो । सबैलाई टिका तथा गलबन्दी लगाई गरिएको स्वागत कार्यक्रममा संघका पूर्वअध्यक्ष उत्तमशर्मा ढकालज्यूले कर कार्यालयका नया“ प्रावधानहरुको विषयमा करदातालाई समय मै जानकारी प्रदान गरी सचेत गराईनुपर्ने विषयमा जोड दिनुभएको थियो । आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत ढकालले संघले करदाता शिक्षाकालागि गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो । नागरिककै सेवाकालागि राज्यले कर संकलन गर्ने भएकाले सबै करदातालाई सहज ढंगमा कर बुझाउने व्यवस्थाकालागि करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रमलाई जोड दिईने पनि उहा“ले बताउनुभएको थियो । निजी क्षेत्रले नै सरकारलाई सबैभन्दा बढी कर तिर्ने भएकोले आपूm निजी क्षेत्रसंग सहकार्य गरी अघि बढ्ने बताउनुभएको थियो । व्यवसायी र आन्तरिक राजश्व कार्यालयबीचको दुरी पहिले भन्दा अहिले धेरै नै नजिक भएको बताउनुहु“दै संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले धन्यवादज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो । संघका महासचिव प्रमोद सिंह रानाभाटले संचालन गर्नुभएको कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पश्चिमी क्षेत्र समितिका पदाधिकारीज्यूहरुको उपस्थिति रहेको थियो ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback