About Us

किन लिने मकवानपुर उद्योग वाणिज्य संघको सदस्यता ?

किनभने संघको सदस्य हुनुभयो भने तपाईले निम्नानुसारका सेवा तथा सुविधा उपभोग गर्न पाउनु हुनेछ । तपाईको व्यवसायमा परेको व्यक्तिगत व्यवसायिक समस्या समाधान गर्ने संघ एउटा ठूलो शक्ति हो जसलाई तपाईले उपयोग गर्न सक्नुहुनेछ । संघको सदस्य हुनुभएमा तपाईले आफ्नो व्यवसायको संरक्षकको रुपमा संघलाई पाउनुहुनेछ । संघले प्रदान गर्ने विभिन्न सेवामूलक कार्यहरुमा तपाईले सहुलियत पाउनुहुनेछ । संघ मार्फत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग सम्बन्ध विस्तार एवं व्यक्तिगत पहिचान बनाउने अवसर पाउनुहुनेछ । संघले बेलाबेलामा प्रकाशित गर्ने बुलेटिनहरु, मेम्बर्स डाइरेक्टरीहरुबाट जानकारी लिन पाउनका साथै त्यसै मार्फत आफ्नो व्यवसायको जानकारी अरुलाई प्रवाह गर्न पाउनुहुनेछ । संघ विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष रुपमा समाहित हुने अवसर पाउनुहुनेछ ... Read More

संघको परिकल्पना
'मकवानपुर जिल्लाका उद्योगी व्यवसायीहरुलाई क्षेत्रगतरूपमा समेत समेट्दै स्तरीय सेवा प्रदान गर्न व्यावसायिक सचिवालयको विकास गरी स्थानीय आर्थिक सामाजिक बिकासमा प्रभावकारी भूमिका निर्वाह गर्दै आत्मनिर्भर संस्थाको रूपमा स्थापित हुने !'

... Read More

संघको मिसन
'मकवानपुर जिल्लामा व्यवसायमैत्री वातावरण सृजना गरी उद्योगी व्यवसायीहरुको व्यावसायिक विकास र बिस्तारका साथै जिल्लाको आर्थिक तथा सामाजिक विकास गरी राष्ट्रको समग्र बिकासमा योगदान पुर्याउने !'

... Read More