News & Events »

७ दिने नापतौल यन्त्र दर्ता तथा नविरकण कार्य सम्पन्न (२०७९ श्रावण ११)

Naap Taul

मकवानपुरमा नापतौल यन्त्रहरुको दर्ता तथा नविकरण कार्य २०७९ श्रावण ५ गते बिहीबारबाट शुरु भई २०७९ श्रावण ११ गतेसम्म एक हप्ता आयोजना गरी सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको सहजिकरणमा उक्त कार्य गरिएको हो । उद्योगी/व्यवसायीहरुको नापतौल यन्त्र दर्ता तथा नविकरणको लागि गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जबाट ४ सदस्यीय टोली खटिई आएका थिए । मकवानपुर उद्योग वाणिज्य संघ भवनमा रहेको हल, चौघडा, पदमपोखरी, बस्तिपुर, मनहरी, हेटौंडा बसपार्कको तरकारी बजारलगायतका स्थानबाट नापतौल यन्त्रको जाच, दर्ता तथा नविकरणको कार्य गरिएको थियो । सो क्रममा ४७१ वटा नापतौल यन्त्र दर्ता तथा नविकरण गरिएको टोलीले जानकारी गराएका थिए ।

नापतौल यन्त्रहरु दर्ता तथा नविरकण गर्न मकवानपुर जिल्लाका उद्योगी/व्यवसायीहरुलाई बीरगञ्ज जानुपर्ने झन्झटलाई न्यूूनिकरण गर्न एक हप्ताको लागि संघमा निम्त्याईएको मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनु भएको थियो । यस अवसरलाई सदुपयोग गर्दै उद्योगी/व्यवसायीहरुले आ—आफ्नो व्यवसायमा प्रयोग गरिएको नापतौलका यन्त्र (ढक, काटा, लिटर, मिटर आदि) जाच गराई दर्ता तथा नविकरण गर्न अध्यक्ष कृष्ण कुमार गुप्ताले अनुरोध गर्नुभएको थियो ।
नापतौल यन्त्र नया दर्ता गर्न पैतिस दिन भित्र नापतौल यन्त्र खरिद गरेको सक्कल भ्याट बिल, रु. दशको टिकट, पान दर्ता प्रमाणपत्रको प्रतिलिपि, फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, काटा र काटाको क्षमताको १० प्रतिशतले हुने बराबरको ढक साथमा ल्याउनु पर्नेछ । त्यसैगरी नविकरणको लागि रु. दशको टिकट, गत वर्ष जाच गरेको प्रमाण पत्र/अनुमति पत्र वा सोको प्रतिलिपि, आफ्नो काटा र काटाको क्षमताको १० प्रतिशतले हुने बराबरको ढक साथमा ल्याउनु पर्ने गुणस्तर तथा नापतौल कार्यालय, बीरगंजको टोलीले जानकारी गराएका थिए ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback