News & Events »

१०औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ सफलतापूर्वक सम्पन्न (२०७९ माघ २३)

 

मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा–१० स्थित टिसिएन चौरमा कृषि, पर्यटन, उद्योग, व्यापार, प्रविधिसंग सम्बन्धित बस्तु तथा सेवाहरुको प्रवद्र्धन, खरिदबिक्री र बजारमा नया“ उद्यमीहरुको आगमनलाई सम्भावना प्रदान गर्ने उद्देश्यले आयोजित १०औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ माघ २३ गते सोमबारबाट सकिएको छ । २०७९ माघ ११ गतेदेखि १३ दिनसम्म सञ्चालित महोत्सवमा विभिन्न स्टलहरुमा राखिएको बस्तुहरुको बिक्रीवितरणबाट करिब दश करोड बराबरको कारोबार भएको अनुमान गरिएको छ । 

Mela Stall
महोत्सवका मुल संयोजक एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता र सांसदज्यूहरु, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठज्यूलगायत विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरु तथा जनप्रतिनिधिहरुको आतिथ्यतामा १०औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको समुद्घाटन गरिएको थियो ।
महोत्सवको प्रवद्र्धक जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्यालय रहेका थिए । त्यसैगरी सहआयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश रहेका थिए । प्रायोजक शिवम् सिमेन्ट लि., सहप्रायोजक युनिलिभर नेपाल लि., नेपाल बु्रअरीज, लक्ष्मी ग्रुप (हुण्डाई), टिकट प्रायोजक शौर्य सिमेन्ट ईण्डष्ट्रिज लि. तथा रिद्धिसिद्धी सिमेन्ट लि., हेटौंडा आइडल प्रायोजक लक्की ज्वेलर्स, लोगो प्रायोजकः नेपाल ईकरात ईन्जिनियरिड्ड कम्पनी प्रा.लि, राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखा, आईडल प्रायोजक लक्की ज्वेलर्स, मिडिया पार्टनर कारोवार आर्थिक दैनिक, सहयोगी त्रिवेणी गु्रप, महालक्ष्मी विकास बैंक, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र ईन्टरनेट पार्टनर डिसहोम फाइबर नेट रहेका थिए । साथै महोत्सवको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जमिन उपलब्ध भएको थियो ।

Mahotsav 2079 singer & ground
महोत्सवमा भिर माहुरीको महदेखि, जुम्लाको मार्सी चामल, काठमाडौंको पाउ“, पुष्टकारीदेखि चार पाङ्ग्रे सवारी साधनसम्म प्रदर्शन तथा खरिदबिक्री भएका छन् । त्यसैगरी मकवानपुरका स्थानीय उत्पादनहरु प्रदर्शनी भएका छन् । कृषि, खाद्य तथा दैनिक उपभोग्य बस्तुहरु, फलफूल, घरेलु, हस्तकला, महिला उद्यमीका सामानहरु, लत्ताकपडा, जुत्ताचप्पल, भा“डाकुडा, घडी, चस्मा, कष्मेटिक, आइसक्रिम, होटल, आईटी, शैक्षिक, वाल उद्यानलगायत विभिन्न मनोरञ्जन तथा चेतनामूलक सामग्रीहरु यस महोत्सवमा प्रदर्शन गरिएका छन् । दर्शकहरुको मनोरञ्जनको लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट हास्यव्यङ्ग्य, गित तथा नृत्यहरु प्रस्तुत भएका थिए । प्रतियोगिताको रुपमा दुलही श्रृंगार प्रतिगोगिता, हेटौंडा डान्सिङ स्टार र हेटौंडा आइडल गायन प्रतियोगिता आयोजना गरिएको थियो । बागमती प्रदेशका मन्त्रीज्यूहरु तथा प्रदेश प्रमुखज्यूले दैनिक कार्यक्रम आयोजनाको प्रमुख आतिथ्यता गर्नुभएको थियो । संघीय सरकारका उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री माननीय दिपक बहादुर सिंहले महोत्सवको एक दिनको कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएको थियो ।

Mahotsav 2079 singer
महोत्सवको सुरक्षा व्यवस्थाको लागि सुरक्षा गार्ड कम्पनीबाट कमाण्डर तथा गार्डहरुको व्यवस्था गरी महोत्सव अवधिभर २४ घण्टा सुरक्षा प्रवन्ध गरिएको थियो । महोत्सव स्थलमा जनधनको क्षतिको लागि आवश्यक बीमा गरिएको थियो । साथै जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा दैनिक ५६ जनासम्म प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था बलियो बनाउने प्रयत्न गरिएको थियो ।

Mahotsav 2079 bridal
महोत्सव पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुने अपेक्षाकासाथ मकवानपुर जिल्लाका प्रमख पर्यटकीय गन्तव्यहरुको फ्लेक्स बोर्ड प्रदर्शन गरी प्रचारप्रसार गरिएको थियो ।

Mahotsav 2079 Savamukh
महोत्सवका मुल संयोजक एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुर, मकवानपुर जिल्लाका सबै पालिकाहरु, सुरक्षा निकाय, नेपाल टेलिकम हेटौंडा, नेपाल विद्युत प्राधिकरण, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडा, प्रायोजक, सहप्रायोजक एवम् अन्य सहयोगीहरु, प्रदर्शकहरु, महोत्सव अवलोकन गर्न आउनुभएका दर्शकहरु, स्थानीय क्लव, टोल विकास संस्थाहरु, स्थानीय बासी, मकवानपुरबासी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback