News & Events »

हेल्प डेस्कबाट सितलमहल चोक र मउवासंघ चोकबाट माक्स वितरण (२०७८ आषाढ २९)

COVID Help Desk 3.29
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट मंगलबार संक्रमण मुक्त हुनुभएका दुई जनालाई विदाई गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, हेल्प डेस्कका सदस्य कुमार पौडेल, मउवासंघका सल्लाहकार आनन्दराम पराजुली र विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारीले उहांहरुलाई विदाई गर्नुभएको थियो ।

COVID Help Desk 3.29 (1)

कोभिड हेल्प डेस्क मकवानपुरबाट मंगलबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हटियाका एकजना बिरामीको लागि उक्त अक्सिजन सहयोग गरिएको हो ।

हेल्प डेस्कबाट मंगलबार हेटौंडा बजार क्षेत्रको दुई स्थानबाट निःशुल्क मास्क वितरण गरिएको छ । सितलमहल चोक र मउवासंघ चोकबाट कुल ९५० थान माक्स वितरण गरिएको छ ।

कोभिड हेल्प डेस्कलाई सहयोग प्राप्त भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवालबाट सहयोग भएको हो । उहांले पल्पसा आइसोलेशन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी, कामदार, कर्मचारी र व्यवस्थापनमा खट्नुहुने पदाधिकारीहरुको लागि जेरी र हलुवास्वारीको व्यवस्था गर्नुभएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । मंगलबार संघका कोषाध्यक्ष अनिल अग्रवालको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback