News & Events »

स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रम सम्पन्न (२०७९ जेष्ठ २१)

welcome18

मकवानपुर उद्योग वाणिज्य संघले स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रम गरेको छ । मकवानपुर जिल्लाको १० वटा पालिकाका प्रमुख तथा उप्रमुख, हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाका अध्यक्ष तथा हेटौंडाको कार्यपालिका सदस्यहरुको सम्मान कार्यक्रम गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

welocme17

हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाले हेटौंडाको व्यवसायीहरुको हकहितमा उपमहानगर लागिरहने बताउनु भयो । उहांले साना ठूला सबै व्यवसायीलाई लक्षित गरी व्यावसायिक सीप प्रदान गरिने बताउनु भएको थियो ।
कार्यक्रममा उपमेयर राजेश बानिया, भीमफेदी गाउंपालिकाका अध्यक्ष हिदम लामा, बकैया गाउंपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, हेटौंडा ११ की वडा अध्यक्ष जुना दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्र्गीले मन्तव्य राख्नु भएको थियो ।

welcome17

कार्यक्रममा अध्यक्ष कृष्ण कुमार गुप्ताले प्रस्तुत गर्नुभएको मन्तव्य निम्नानुसार रहेको थियो ।
उपस्थित आदरणीय जनप्रतिनिधिज्यूहरु, उद्योगी÷व्यवसायीहरु सम्पूर्णमा सर्वप्रथम हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु ।
साथै नव निर्वाचित हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउंपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षज्यूहरु सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
यस मकवानपुर जिल्लाको आफ्नै भौगोलिक विशेषता रहेको छ । हेटौंडामा चर्को गर्मी भइरहंदा दामनपालुड्डमा सितल मौसम एकसाथ अनुभव गर्न सकिन्छ । अधिकांश पहाडी जमिन रहेको मकवानपुर जिल्लाको सर्वाड्डिण विकास गर्न हामी सबैको इमान्दार र निरन्तर पहलकदमी जरुरी छ । फेरी विकास आफैमा परिवर्तनशील छ । हामीले अहिले भोगिरहेको विकास हाम्रा पूर्खाहरुले देख्न पाएनन् । त्यसैगरी विश्वका विकसित सहरहरुभन्दा हाम्रो ठाऊं अहिले पनि निक्कै पछि छ । नेपालकै कतिपय सहरहरुभन्दा हाम्रो जिल्ला विकासमा पछाडी नै छ । यसरी हेर्दा कतिलाई विकास मान्ने भनेर सुनिश्चित गर्न सकिन्न तर व्यवस्थित, सुविधासम्पन्न, प्रविधियुक्त र मानवीय मूल्यमान्यताका लागि दिगो पूर्वाधार तथा उपयुक्त वातावरण तयार गर्नु नै हाम्रो आवश्यक्ता हो ।
मकवानपुर उद्योग वाणिज्य संघको कुरागर्दा वि.सं. २०१७ सालदेखि हालसम्म निरन्तर क्रियाशिल छ । यस संघले उद्योगी÷व्यवसायीहरुको हकअधिकारको लागि पैरवी त गर्छ नै साथमा समाज विकासको लागि क्रियाशील र सहभागि हुदै आएको छ । जुन हाम्रा गतिविधिहरुले प्रष्ट पारेको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई खानेपानी व्यवस्थापन गर्न आर्थिक सहयोग, चौकीटोलदेखि राप्तीपुलसम्म खोलाको किनारै किनार बाइपास सडकको ट्र्याक निर्माण, राप्ती पुलको नजिक सवदाह स्थानमा प्रतिक्षालय निर्माण, मकवानपुर बहुमुखी क्याम्पसमा विज्ञान संकाय संचालनको लागि पूर्वाधार निर्माणमा सहयोग, हेटौंडा उपमहानगरपालिका कार्यालयलाई दमकल संचालन गर्न सहयोग, विभिन्न २१ वटा संघसंस्थाको सहकार्यमा कोभिड हेल्प डेस्क मकवानपुर गठन गरी कोभिड संक्रमितहरुलाई घरदैलो सेवा, निःशुल्क अक्सिजन वितरण, पल्पसा आइसोलेशन संचालन तथा कोभिड संक्रमितलाई निःशुल्क उपचार, खाना तथा बासको व्यवस्था जस्ता समाजको हितको लागि हुने सत्कर्महरुमा आफ्नो सकेको भूमिका निर्वाह गर्दै आएका छौं । आर्थात मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुर जिल्लाको समृद्धि र विकासका लागि क्रियाशील छ ।
उद्योग÷व्यवसायको विकास बिना जिल्ला वा देशको विकास हुन सक्दैन । किनकि उद्योग÷व्यवसायको कारण स्थानीयस्तरमा रोजगारी सिर्जना हुन्छ भने राज्यलाई राजश्व प्राप्त हुन्छ । अहिले हामीले देखिरहेका विकसित देशहरुको विकासको मुख्य आधार भनेकै उद्यँेग÷व्यवसाय हो । तरपनि उद्योग÷व्यवसाय संचालनमा कैयौं झन्झट र समस्याहरु छन् । जसलाई हटाई उद्योग÷व्यवसायमैत्री वातावरण निर्माण गरी सबै समस्याहरु न्यूनिकरण गर्न जरुरी छ । उद्योग÷व्यवासयमैत्री वातावरण निर्माण गर्नु अहिलेको अपरिहार्य आवश्यक्ता हो ।

मकवानपुर जिल्लाको विकासको लागि निजी क्षेत्र र पालिकाहरुको सहकार्यमा निम्न कामहरु सम्पन्न गर्न अनुरोध गर्दछौं । यसका लागि हामी समन्वय तथा सहकार्य गर्न पूर्ण तयार रहेको पनि जानकारी गराउन चाहन्छौं । सम्बन्धित पालिकाहरुले यसको कार्यान्वयनमा यथोचित पहल गर्नुहुनेमा हामी आशावादी छौं ।
निम्नः
१) अव्यवस्थित पार्किड्ड भएका स्थानमा व्यवस्थित पार्किड्ड गर्न, बजारको सडकको दायांबायां एकतर्फी पार्किड्डको व्यवस्थासहित हेटौंडामा व्यवस्थित पार्किड्डका लागि अनुरोध गर्दछौं ।
२) आवश्यक स्थानहरुमा पैदल मार्ग तथा मोबाइल शौचालय एवम् स्थायी रुपमा पर्याप्त सार्वजनिक शौचलाय निर्माणको लागि अनुरोध गर्दछौं । ।
३ होटल तथा पर्यटन व्यवसाय रात्रीकालिन समयमा पनि निर्वाद खुल्ला गर्ने व्यवस्था ।
४) व्यवसाय कर, विज्ञापन कर, निकासी करलगायत अन्य कर तथा घरभाडा संकलनमा यस संघसंग सार्वजनिक निजी साझेदारी (पिपिपि) अवधारणा अनुरुप सहकार्य ।
५) हेटौंडा, थाहा, मनहरी, भीमफेदीलगायत सहर उन्मुख बजारहरुका नाकाहरुमा सिसिटिभीको व्यवस्था ।
६) हेटौंडा तथा मनहरी बजारमा आकासेपुल ।
७) हेटौंडाको मुख्यचोकहरुमा ट्राफिक लाईटको व्यवस्था ।
८) कृषि, प्रविधि, पर्यटनजस्ता क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न पहल ।
९) मयुरधापको विस्तारित औद्योगिक क्षेत्र सिघ्र संचालनको लागि पहल गर्न ।
१०) २५ मिटर सडक विस्तारको समस्या समाधानको लागि पहल गर्न ।
११) स्थानीय तहका पर्यटकीय गन्तव्यहरुको एकिकृत सूचना केन्द्र मउवासंघमा स्थापना ।
१२) जिल्लाको ग्रामिण कृषि उपजको बजारिकणको लागि पालिकाहरुको सहयोगमा कृषि उपज केन्द्र स्थापना ।

मकवानपुर जिल्लालाई विकसित गर्ने जिम्मेवारी लिन जनप्रतिनिधिज्यूहरु निर्वाचित भएर आउनु भएको छ । तपाईहरुको सकारात्मक उर्जाले समग्रमा जिल्लाको उन्नति हुने विश्वास लिएका छौं । साथै तपाईहरुको कार्यकाल पूर्ण रुपमा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्दै ५ वर्षपछि समिक्षा गर्दा उत्साहजनक अवस्था सिर्जना होस् भनि शुभकामनासहित हार्दिक धन्यवाद । नमस्ते ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback