News & Events »

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न (२०७९ कात्तिक १)

Chiyapan

मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षताका कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, मकवानपुर जिल्लाबाट प्रतिनिधि तथा प्रदेशसभा सांसद पदका प्रत्यासीहरु, हेटौंडाका नगर प्रमुख मिना लामा, भिमफेदी गाउपालिकाका उप्रमुख संजिव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख मोहलाल जिसी, प्रहरी उपरीक्षक बामदेव गौतम, गोरख बहादुर गणका सेनानी अजित राणा, सशस्त्र प्रहरी निरीक्षक लाल बहादुर बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टिका शर्मालगायत अन्य सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, कोभिड हेल्प डेस्क मकवानपुरमा आवद्ध संघसंस्थाहरु, संघको कार्यसमितिका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु, पूर्व कार्यसमितिहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, उद्योगी/व्यवसायीलगायत शुभचिन्तक महानुभावहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Chiyapan1

कार्यक्रममा संघका महासचिव दिपक उप्रेतीले कार्यक्रम संचालन गर्नुभएको थियो भने अध्यक्ष कृष्ण कुमार गुप्ताले शुभकामना मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा उहाले मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो परम्पराकोरुपमा दशैं पछि र तिहार अघिको समयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विगतदेखि नै गर्दै आएको बताउनु हुदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । यस किसिमको कार्यक्रमले आपसी सम्बन्ध मजबुत बनाउने विश्वास लिएको उहाले बताउनु भयो । सबैंको साझा पहलबाट मात्र हाम्रो गाऊ, सहर, जिल्ला र देश समुन्नत हुन सक्ने भन्दै विशेष गरी राजनैतिक नेतृत्व बढी जिम्मेवार, नैतिक, दुरद्रष्टा, विकासप्रेमी, सहृदयी र सक्षम हुन आवश्यक हुने ठानेको उहाले बताउनु भयो । आसन्न आम निर्वाचनमा मकवानपुर जिल्लाबाट निर्वाचित हुने नेतृत्व सम्पूर्णरुपमा सफल हुनुहोस् भन्ने सुभेच्छा प्रकट गर्दै सहकार्यको अपेक्षा गरेको बताउनु भएको थियो ।
अध्यक्ष कुष्ण कुमार गुप्ताले आउदै गरेको तिहार, नेपाल सम्बत, छठ, ईद, क्रिसमस, ल्होसार पर्व–२०७९ को उपलक्ष्यमा उपस्थित सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो । सोपश्चात चियापान गरी कार्यक्रम समापन भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback